मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माने भञ्ज्याङमा पहिरो प्रभावितको उद्धारमा खटियो एसएसबी

आइतबार, १९ असोज २०८२, ११ : ५५
आइतबार, १९ असोज २०८२

सारांश

  • इलामको मानेभञ्ज्याङमा पहिरोमा परेकाहरूको उद्धारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) खटिएको छ।
  • अविरल वर्षाका कारण पहिरोमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने केही बेपत्ता छन्।
  • सशस्त्र प्रहरी बलसँगको समन्वयमा एसएसबीका उद्धारकर्मीहरूले घाइतेको उद्धार र बेपत्ताको खोजी गरिरहेका छन्।

काठमाडौँ । इलामको माने भञ्ज्याङमा पहिरोमा परेकाहरूको उद्धारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीहरू पनि खटिएका छन् । नेपाल भारत सिमानास्थित  नम्बर–२६  बटानिलयनका इन्स्पेक्टरको नेतृत्वमा एसएसबीको उद्धारकर्मी घाइतेको उद्धार र बेपत्ताको खोजीमा जुटेका हुन् ।

सशस्त्र प्रहरी बलसँगको समन्वयमा एसएसबीका उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

अविरल वर्षाका कारण पहिरोमा परेका व्यक्तिहरूको उद्धार प्रयास भइरहेको छ । सन्दकपुर–४, मान्सेबुङ र माने भञ्ज्याङमा पहिरोमा फसेकाहरूको हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको कोशी प्रदेशका डीआईजी ईश्वर कार्कीले रातोपाटीलाई बताए ।

इलाममा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरी अधिकृतहरू बताउँछन् । इलाम नगरपालिका–६ स्थित घोषमा पहिरोमा परेर एकै घरका ६ जनाको मृत्यु भएको छ ।

सन्दकपुर गाउँपालिका–१ छाँगेमा १ जना र माइजोगमाई गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ । प्याङमा एकै घरका ५ जना बेपत्ता छन् । सन्दकपुर गाउँपालिका–३ स्थित सुलुबुङमा एक जना बालिका बेपत्ता छिन् । सन्दकपुरमा एक जना र मान्सेबुङमा दुई जना गम्भीर घाइते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप