कोशीमा मृत्यु हुनेको संख्या ४३ पुग्यो, २६ हजारभन्दा बढी विस्थापित
सारांश
- कोशी प्रदेशमा मनसुनजन्य विपद्का कारण ४३ जनाको मृत्यु भएको छ, जसमा हजारौं मानिस विस्थापित भएका छन्।
- इलाममा सबैभन्दा बढी मानवीय क्षति भएको छ, जहाँ ३७ जनाको मृत्यु भएको छ।
- विपद्बाट ५,९२५ घरका २६,९८४ जना विस्थापित भएका छन्, र ५३२ जनालाई सकुशल उद्धार गरिएको छ।
विराटनगर । कोशी प्रदेशमा मनसुनजन्य विपद्का कारण ठुलो जनधनको क्षति भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी हालसम्म ४३ जनाले ज्यान गुमाएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् ।
प्रहरीका अनुसार बाढी–पहिरोमा परी मृत्यु हुनेमा १८ जना पुरुष र २५ जना महिला रहेका छन् । विपद्बाट सबैभन्दा बढी इलाम प्रभावित भएको छ । इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । जसमा १३ पुरुष, १४ महिला, ३ बालक र ७ बालिका रहेका छन् । त्यसैगरी, पाँचथर र मोरङमा २–२ जना, उदयपुरमा २ जना र खोटाङमा ३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।
विपद्का घटनामा परी प्रदेशभरी १० जना घाइते भएका छन् । घाइते हुनेमा ५ पुरुष र ५ महिला छन् । पाँचथर, खोटाङ र भोजपुरमा घाइतेको संख्या बढी छ । तथ्याङ्कअनुसार प्रदेशमा केही व्यक्ति बेपत्तासमेत भएका छन् । जसमा इलाममा १ जना रहेको छ ।
ढी र पहिरोले भौतिक संरचनामा पनि ठुलो क्षति पुर्याएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका छन् ।
विस्थापितहरूका लागि उद्धार तथा राहतको कार्य जारी रहेको छ । विपद्का घटनामा फसेका ५३२ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । घर क्षतिको विवरणअनुसार १६ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् । जसमा इलाममा १४ र पाँचथरमा २ घर रहेका छन् ।
विवरणअनुसार
जम्मा मृत्युः ४३ (पुरुष–१८, महिला–२५)
जम्मा घाइतेः १० (पुरुष–५, महिला–५)
उद्धार संख्याः ५३२
प्रभावित घर संख्याः ५,९२५
विस्थापित संख्याः २६,९८४
पूर्ण रूपमा घर क्षतिः १६

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण