खानेपानीजन्य रोगबाट बच्न विभागको आग्रह
सारांश
- खानेपानी विभागले बाढीपहिरोका कारण पानीजन्य रोगको जोखिम बढेको जनाएको छ।
- विभागले स्वच्छ पानी पिउन र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।
- बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई विशेष ध्यान दिन आग्रह गरिएको छ।
काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षा, बाढी पहिरो र डुबानका कारण पानीजन्य रोगको जोखिम उच्च भएकाले त्यसबाट बच्न आग्रह गरेको छ ।
सोमबार विभागले एक अनुरोध पत्र जारी गर्दै यस्तो अवस्थामा सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वच्छ खानेपानी र व्यक्तिगत सरसफाइमा जोड दिन अनुरोध गरेको हो ।
बाढी पहिरो र डुबानका कारण खानेपानीका स्रोतहरू प्रदूषित हुने सम्भावना धेरै हुने भएका र झाडा–पखाला, हैजा, आउँ, टाइफाइड, जन्डिसजस्ता गम्भीर रोगहरू फैलिन सक्ने भन्दै उच्च सर्तकता अपनाउन अनुरोध गरिएको विभागका उप–महानिर्देशक ई नारायणप्रसाद आचार्यले बताइ । उनले भने, “हामीले आम नागरिकहरूलाई विशेष सतर्क रहन र पानी शुद्धीकरण गरेर मात्र पिउन सन्देश दिएका छौँ ।”
विभागले देशका विभिन्न स्थानहरूमा रहेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगञ्ज, जनकपुर, विराटनगरका साथै खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ र राष्ट्रिय सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घलाई परिपत्र पठाएर सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।
विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी बिरामीहरूलाई उच्च जोखिममा रहेको भन्दै उनीहरूको हेरचाहमा थप सतर्कता अपनाउन अपिल गरिएको उपमहानिर्देशक आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण