बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेलेन्स्कीको आरोप : रुसी हतियारमा पश्चिमी देशका पार्टपुर्जा

मङ्गलबार, २१ असोज २०८२, ०८ : ५०
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी हमलामा पश्चिमी कम्पनीका पार्टपुर्जा प्रयोग भएको आरोप लगाए।
  • उनले अमेरिका, बेलायत, जर्मनी लगायतका देशका कम्पनीहरूद्वारा उत्पादित पार्टपुर्जा प्रयोग भएको बताए।
  • जेलेन्स्कीले रुस र उसको युद्धमा सहयोग गर्नेहरू विरुद्ध युक्रेनले नयाँ प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताए।

कीएभ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशविरुद्ध प्रयोग गरेका ड्रोन र मिसाइलहरूमा पश्चिमी कम्पनीहरूले बनाएका पार्टपुर्जा भेटिएको आरोप लगाएका छन्।

जेलेन्स्कीले सोमबार सामाजिक सञ्जालमा पोस्ट गर्दै अघिल्ला दुई रातमा भएका रुसी हमलामा प्रयोग भएका सयौँ हतियारमा अमेरिका, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, जापान, दक्षिण कोरिया, नेदरल्यान्ड्स, ताइवान र चीनका कम्पनीहरूद्वारा उत्पादित दशौँ हजार कम्पोनेन्ट रहेको बताएका छन्।

उनले लेखेका छन्, ‘आक्रमणमा प्रयोग भएका ड्रोनहरूमा झन्डै १,००,६८८ विदेशी पार्टपुर्जाहरू थिए, करिब १,५०० इस्क्यान्डरमा, १९२ किन्झल मिसाइलमा र ४०५ क्यालिबरमा थिए।’

रुसले युक्रेनमाथि आक्रमण गरेपछि लगाइएका वर्तमान व्यापार प्रतिबन्धहरूमा रहेका छिद्रहरू बन्द गर्न कठोर प्रतिबन्ध र कडा निगरानीका लागि युक्रेन र केही युरोपेली साझेदारहरूले दबाब दिइरहेका बेला जेलेन्स्कीको यो भनाइ आएको हो।

जेलेन्स्कीका अनुसार अमेरिकी कम्पनीहरूले केएच-१०१ मिसाइल र शाहिद-प्रकारका ड्रोनका लागि कन्भर्टर, मानवरहित हवाई वाहन र किन्झल मिसाइलका लागि सेन्सर, र मिसाइलका लागि माइक्रोइलेक्ट्रोनिक्स बनाउँछन्। उनले बेलायती कम्पनीहरूले ड्रोन उडान नियन्त्रणका लागि माइक्रो कम्प्युटर उत्पादन गर्ने पनि थपे।

जेलेन्स्कीले रुस र उसको युद्धमा सहयोग गर्नेहरू विरुद्ध युक्रेनले नयाँ प्रतिबन्ध लगाउने तयारी गरिरहेको र प्रत्येक कम्पनी तथा उत्पादनको विस्तृत विवरण साझेदारहरूलाई दिएको बताएका छन्।
अल जजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप