रौतहटको सदरमुकाम गौर अझै डुबानमा, आवागमन ठप्प
सारांश
- रौतहटको गौर बजारमा लगातारको वर्षापछि आएको बाढीका कारण डुबान कायमै छ।
- भारतले बनाएको बाँधका कारण पानी निकास नहुँदा समस्या झन् गम्भीर बनेको छ, जसले गर्दा आवागमन अवरुद्ध भएको छ।
- सरकारी कार्यालय सञ्चालन हुन नसक्दा सेवाग्राही मारमा परेका छन्, र सशस्त्र प्रहरीले उद्धार कार्य जारी राखेको छ।
रौतहट । लगातारको वर्षापछि आएको बाढीका कारण रौतहटको सदरमुकाम गौर अझै डुबानमा रहेको छ। गौर चन्द्रनिगाहपुर मुख्य सडकखण्ड अन्तर्गत गौर नगरपालिका–६ सबगढा गाउँ छेउको लच्कामा पानीको तीव्र बहावको कारण गौरसँगको आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।
गौर बजारबाट करिब पाँच किलोमिटर उत्तर सबगढासम्म मात्र सवारी साधन पुग्न सक्ने अवस्था छ। त्यसपछि पैदल हिँड्नसमेत कठिन भएको स्थानीयले बताएका छन्। सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण बर्सेनि गौर डुबानमा पर्ने गरेको र यस वर्ष पनि सोही कारण पानीको निकास नहुँदा समस्या झन् गम्भीर बनेको हो।
सोमबारदेखि मौसम खुलिसकेको भए पनि गौर बजार अझै जलमग्न रहँदा स्थानीय बासिन्दा र व्यापारीलाई हिँडडुल र आवतजावतमा ठुलो समस्या परेको छ। डुबानका कारण जिल्लास्थित सरकारी कार्यालयहरू समेत सञ्चालन हुन नसक्दा सेवाग्राही मारमा परेका छन्।
जिल्लाका मुख्य नदीहरू बागमती र लालबकैया नदीको पानीको सतह केही घटेपनि गौर बजारमा पानी निकास नहुँदा डुबानको स्थिति यथावत छ।
नेपाल–भारत आवागमन पनि कठिन बनेको छ। सशस्त्र प्रहरी बलले रबर बोटमार्फत स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य निरन्तर गरिरहेको छ।
त्यस्तै, बौधीमाइ नगरपालिका–इनरवारी हुँदै देवाही गोनाहीतर्फ जाने बाटो बाढीले अवरुद्ध बनाएको छ, जयनगर कलैया सडकखण्ड अन्तर्गत सनारानिया गाउँ भन्दा पश्चिम करीब ७रु८ फिट कालोपत्रे बगाएपछि सवारी साधन अवरुद्ध भएको छ। स्थानीयले उक्त स्थानमा बाँसको लचका राखेर पैदल, साइकल, मोटरसाइकल वारिपारि गरिरहेका छन्।जसका कारण यातायात र जनजीवन प्रभावित भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण