कोशी प्रदेश सरकाले हेलिकप्टर मार्फत इलामका विभिन्न ठाउँमा पुर्यायो राहत
सारांश
- कोशी प्रदेश सरकारले इलामका बाढी पहिरो पीडितहरूका लागि राहत सामग्री पठाएको छ।
- मुख्यमन्त्री कार्की आफैँ राहत लिएर इलाम पुगेर पीडितलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
- आन्तरिक मामिला मन्त्रालयले हेलिकप्टरमार्फत खाद्यान्न, ब्ल्याङ्केट लगायतका सामग्री इलाम पठाएको हो।
विराटनगर । कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी पहिरो पीडितहरूका लागि विभिन्न राहत सामग्री पुर्याएको छ। बिहान हेलिकप्टर मार्फत राहत सामग्री पुर्याएको हो।
कोशी प्रदेश सरकारका कोशी मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहतलाई तीव्र रूपमा वितरण गर्ने र मृतक परिवारलाई सहयोग गर्ने कामलाई प्रभावकारी रूपमा अगाडि बढाइएको जानकारी दिए।
कोशी प्रदेशका मुख्यमन्त्री कार्की आफैँ राहत सामग्री लिएर इलाम पुगेका हुन् । उनले आज बिहान इलामका बाढी पहिरो र विपदबाट पीडित सँग भेटघाट गरी सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत सामग्री पठाएको हो। मुख्यमन्त्रीले स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि तत्कालका लागि हेलिकोप्टर मार्फत पठाइएको जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्रीहरू चामल, दाल, आलु तेल, नुन बेसार तथा ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपालहरु इलामका लागि पठाइएको छ।
प्रदेश सरकारले असोज १७ र १८ गते भएको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण विस्थापित भएकाहरूको उद्धारको कार्य पछि राहत सामग्री पठाएको मन्त्रालयका सचिव आचार्यले बताए । अहिले बिहान इलामको माङ्सेबुङ र इलाम सदरमुकाममा हेलिकप्टर मार्फत सामग्री पुगेको छ। थप सामग्री पुर्याउने सरकारको तयारी छ।
बाढी पहिरोका कारण इलाममा बढी क्षति भएकाले इलामलाई प्राथमिकतामा राखेर राहत सामग्रीहरू पठाइएको प्रदेश सरकारले जानकारी दिएको छ।
बाढी पहिरोका कारण इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दुकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण