इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सुहाङको माग
सारांश
- एमाले नेता सुहाङ नेम्वाङले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन्।
- इलाममा अविरल वर्षाका कारण जनधनको क्षति, सडक अवरुद्ध र विद्युत आपूर्तिमा बाधा पुगेको छ।
- नेम्वाङले राहत तथा उद्धारका लागि फाल्गुनन्द विमानस्थलबाट हवाई उडानको माग गरेका छन्।
इलाम । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले अविरल वर्षाका कारण जिल्लामा व्यापक क्षति भएपछि तत्काल इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न र राहत तथा उद्धारका लागि फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन्। नेम्वाङले सामाजिक सञ्जालमार्फत यो माग राख्दै इलामको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गराएका हुन्।
जारी वर्षाका कारण इलाम जिल्लामा ठूलो मात्रामा जनधनको क्षति भएको छ। मुख्य सडकहरू अवरुद्ध छन्, विद्युत् आपूर्तिमा बाधा पुगेको छ र समग्र जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको छ।
नेम्वाङका अनुसार पहिरो, सडक ध्वस्त र सञ्चार विच्छेदका कारण राहत तथा उद्धार कार्यमा गम्भीर चुनौती उत्पन्न भएको छ। यस विषम परिस्थिति र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय तथा सिफारिसलाई आधार मान्दै उनले तत्काल जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग आग्रह गरेका छन्।
त्यस्तै, जिल्ला केन्द्र र राजधानीबीचको भौगोलिक कठिनाइ र सडक अवरोधका कारण अत्यावश्यक राहत सामग्री, औषधि र जनसञ्चारमा समेत बाधा पुगेको छ।
राहत सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्नका लागि नेम्वाङले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण