पार्टी एकताबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीले बोलायो बैठक
मङ्गलबार, २१ असोज २०८२, १७ : १३
सारांश
- नेकपा एकीकृत समाजवादीले असोज २४ गते सचिवालय बैठक बोलाएको छ।
- सचिवालय बैठकले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक मिति तय गर्नेछ।
- पार्टी एकताका लागि वार्ता कमिटी गठन गरिएको छ र बैठकले थप छलफल गर्नेछ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । उपाध्यक्ष प्रकाश ज्वालाले असोज २४ गते केन्द्रीय सचिवालय बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार सचिवालयपछि क्रमशः स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्नेछ ।
‘सचिवालयले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक मिति तय गर्छ’, ज्वालाको भनाइ छ । नेकपा एकीकृत समाजवादीले भदौ अन्तिम साता नै पार्टी कमिटीहरूको बैठक बोलाए पनि जेनजी आन्दोलनका कारण बस्न सकेको थिएन । एकीकृत समाजवादीको अघिल्लो सचिवालय बैठकले पार्टी एकताका लागि वार्ता नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता कमिटी गठन गरेको थियो । अव बस्ने बैठकले पार्टी एकताबारे थप छलफल गर्ने सो पार्टीका नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण