इजरायल–प्यालेस्टाइन द्वन्द्वमा ६० हजारभन्दा बढी बालबालिका प्रत्यक्ष प्रभावित
सारांश
- युनिसेफका अनुसार इजरायल-प्यालेस्टाइन द्वन्द्वमा दुई वर्षमा ६१ हजार बालबालिकाको मृत्यु वा अपाङ्ग भएका छन्।
- युनिसेफका प्रवक्ताले हरेक १७ मिनेटमा एक बालकको मृत्यु वा घाइते हुने गरेको बताए।
- गाजामा समय नपुगी जन्मने बच्चाहरूको लागि आवश्यक पूर्वाधारको अभाव रहेको युनिसेफले जनाएको छ।
जेनेभा। संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले इजरायल–प्यालेस्टाइन द्वन्द्व सुरु भएको दुई वर्षको अवधिमा करिब ६१ हजार बालबालिकाको मृत्यु भएको वा अपाङ्ग भएको जानकारी दिएको छ ।
स्विट्जरल्यान्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा युनिसेफका प्रवक्ता रिकार्डो पिरेसले हरेक १७ मिनेटमा औसतमा एक बालक मृत्यु हुने वा घाइते हुने गरेको बताए ।
पिरेसले यस तथ्यप्रति खेद व्यक्त गर्दै भने, “बच्चाहरू ‘शारीरिक र मानसिक’ रूपमा धेरै लामो समयदेखि पीडित छन् र आघातमा बाँचिरहेका छन।”
उनले अगाडी थपे, “कुनै पनि बच्चाले कहिल्यै देख्नु नपर्ने डरलाग्दो अवस्थाको सामना गरिरहेका र अत्यधिक पिडाबिच बाँच्नुपरेको छ।”
उनले भने, “गाजामा प्रत्येक पाँच बच्चामध्ये एक समय नपुगीकन जन्मन्छ । यसरी जन्मने बच्चाहरूलाई जीवित रहनको लागि अक्सिजन मास्क आवश्यक पर्ने तर यस क्षेत्रमा उनीहरूको अस्तित्व सुनिश्चित गर्न आवश्यक पूर्वाधारको अभाव छ ।
युनिसेफले गाजामा उसको टोलीहरू अझै पनि गाजा क्षेत्रको उत्तरबाट निकालिएका र समय नपुगी जन्मिएका बच्चाहरूको लागि इन्क्युबेटर र भेन्टिलेटर भित्राउनका लागि सकारात्मक सन्देशको पर्खाइमा छन्।
पाइरेसले भने, “हामीले अर्को स्वास्थ्य क्षेत्रमा बच्चाहरूलाई सारेर भए पनि सम्भव भएसम्म सुविधा दिएका छौँ । गाजाको सुरक्षा अवस्थाले यसका लागि पनि सहज वातावरण सुनिश्चित गर्दैन । हामीले इन्क्युबेटरहरू सार्न सकेका छैनौँ, यो अहिलेसम्म अस्वीकार गरिएको छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण