साइबर ब्युरोमा महेश बस्नेतसँग सोधपुछ
सारांश
- एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई प्रहरीले सोधपुछ गरेको छ।
- प्रहरीले बस्नेतलाई भोटाहिटीस्थित साइबर ब्युरोमा बोलाएर सोधपुछ गरेको हो।
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग प्रहरीले ‘सोधपुछ’ गरेको छ ।
भोटाहिटी स्थित साइबर ब्युरोमा बोलाएर बस्नेतसँग सोधपुछ थालिएको ब्युरोका एसपी दीपकराज अवस्थीले रातोपाटीलाई बताए ।
विद्युतीय कारोबार ऐन अन्तर्गत शोभा पाठकले दर्ता गरेका जाहेरीबारे बयान दिन बुधवार बस्नेत ब्युरोमा उपस्थित भएका हुन् । उनीसँग ‘बयान कागज’ गर्न सोधपुछ भइरहेको छ । बस्नेतविरुद्धको जोहेरी यसअघि ब्युरोकै आग्रहमा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको थियो ।
जेनजी प्रदर्शनपछि बस्नेतले पीडितलाई संकेत गरेर महिला केन्द्रित अपशब्द लेखेको र महेश बस्नेत फ्यान क्लबमा पनि पीडितबारे अनर्गल कुराहरू लेखिएको भन्दै सरकारी वकिल कार्यालयले असोज ५ मा ब्युरोलाई निर्देशन दिएको थियो ।
सो निर्देशनपछि प्रहरीले पक्राउ अनुमति मागेपनि मंगलबार काठमाडौँ जिल्ला अदालतले ‘थप प्रमाण’ बुझेर ल्याउन भनेको थियो । बस्नेतले फेसबुकमा पीडितलाई लक्षित गरेर लेखेको शब्द र फ्यान क्लबमा लेखिएको विषयबारे अनुसन्धान अधिकृतहरूले सोधपुछ गरिरहेका छन् ।
बस्नेतविरुद्धको बलात्कार र भ्रूणहत्या मुद्दा नचलाउने सरकारको निर्णयबारे चाहिँ उच्च अदालत पाटनमा परेको रिट विचाराधीन अवस्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण