शाहरुख खान र गौरी खानलाई दिल्ली हाई कोर्टको ‘समन’
सारांश
- दिल्ली उच्च अदालतले शाहरुख खान र गौरी खानको कम्पनी र नेटफ्लिक्सलाई समन जारी गरेको छ।
- नार्कोटिक्स कन्ट्रोल ब्यूरोका पूर्व अधिकारी समीर वानखेडेले दायर गरेको निवेदनमाथि अदालतले सुनुवाइ गर्दैछ।
- वानखेडेले वेब सिरिज 'द ब्याड्स अफ बलिउड' ले आफ्नो प्रतिष्ठामा क्षति पुर्याएको आरोप लगाएका छन्।
नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खान र उनकी श्रीमती गौरी खानको कम्पनी रेड चिलिज इन्टरटेनमेन्ट र ओटीटी प्लेटफर्म नेट्फ्लिक्सका नाममा दिल्ली हाई कोर्टले समन (उपस्थित हुन वा जवाफ दिन आदेश) जारी गरेको छ ।
नार्काेटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)का पूर्व अधिकारी समीर वानखेडेले दायर गरेको निवेदनको जवाफमा यो समन जारी गरिएको हो । अदालतले सबै पक्षहरूलाई आफ्नो जवाफ पेस गर्न सात दिनको समय दिएको छ । मुद्दाको अर्काे सुनुवाइ अक्टोबर ३० मा हुने तय भएको छ ।
सेप्टेम्बर १८ मा रिलिज भएको वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ले आफ्नो प्रतिष्ठामा कलंक लगाएको आरोप आफ्नो निवेदनमा समीर वानखेडेले लगाएका छन् ।
यो सिरिज शाहरुख खानको प्रोडक्सन हाउस, रेड चिलीज इन्टरटेनमेन्टले निर्माण गरिएको थियो । यसलाई नेटफ्लिक्समा प्रसारण गरिएको थियो । सिरिजमा एक पात्रले आफूलाई एनसीबी अधिकारीको रूपमा चित्रण गर्ने प्रयास गरेको र उनीमाथि छायांकन गरिएका दृश्यहरूले आफ्नो बदनामी गरेको आरोप वानखेडेले लगाएका छन् ।
सिरिजको कन्टेन्टलाई अपमानजनक घोषित गर्न अदालतलाई अनुरोध गर्दै उनले दुई करोड क्षतिपूर्ति मागेका छन् । सिरिज प्रसारण भएपछि सामाजिक सञ्जालमा धेरै अपमानजनक प्रतिक्रियाहरूको सामना गर्नुपरेको दाबी पनि वानखेडेले गरेका छन् ।
यसले आफ्नो सार्वजनिक छविलाई गम्भीर रूपमा क्षति पुर्याएको उनले भनेका छन् । सिरिज झुटो मात्रै नभएर यसले उनको व्यावसायिक इमानदारीता माथि पनि प्रश्न उठाएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण