शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सर्लाहीमा लागूऔषधसहित ४ जना पक्राउ

बिहीबार, २३ असोज २०८२, ११ : ५७
बिहीबार, २३ असोज २०८२

सारांश

  • सर्लाहीमा प्रहरीले लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।
  • बागमती नगरपालिकामा २१४ पिस क्याप्सुल, २०० पिस क्याप्सुल, गाँजा र नगद सहित एक जना पक्राउ परे।
  • लालबन्दी नगरपालिकामा ११७ बोतल लागूऔषधसहित ३ जनालाई पक्राउ गरिएको छ।

रौतहट । सर्लाहीमा प्रहरीले दुई फरक स्थानमा सञ्चालन गरेको चेकजाँच र गस्तीका क्रममा ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी राजघाटबाट खटिएको टोलीले बागमती नगरपालिका–६ स्थित राधा कृष्ण मन्दिर नजिक बाँसघारीमा शंकास्पद अवस्थामा बसेका जीवन घिसिङलाई नियन्त्रणमा लिएको हो। घिसिङको साथबाट ट्रामन ५० लेखिएको २१४ पिस क्याप्सुल, स्पासमोम लेखिएको २०० पिस क्याप्सुल, करिब २५ ग्राम गाँजा,  २, हजार ५३० नगद, ९७०४०३३५८२ नम्बरको  सिमसहितको मोबाइल एक थान र बाप्र०२–०३० प५५७० नम्बरको मोटरसाइकल बरामद गरिएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी सरोज कुमार राईले बताएका छन्।

निजलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरहथवा पठाइएको र जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, लालबन्दी नगरपालिका–१ नवलपुर टोलमा सई भरत साहको कमान्डमा खटिएको प्रहरी टोलीले सरप्राइज चेकिङका क्रममा भारतीय नम्बर प्लेट विआर ०६ सिभी ९९८५ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई प्रतिबन्धित अनोरेक्स १०९ एम एल लेखिएको ११७ बोतल लागूऔषधसहित नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा सर्लाही ब्रम्हपुरी गाउँपालिका–४ त्रीभुवननगरका १८ वर्षीय प्रिन्स कुमार यादव, भारत बिहार राज्य सितामढी जिल्ला सोनबर्सा वसन्तपुरका २० वर्षीय कृष्ण कुमार यादव र सोही ठाउँ बस्ने शम्भु साहका १७ वर्षीय छोरा किसन कुमार साह रहेको प्रवक्ता राईले जानकारी दिएका छन्।

उनीहरूलाई मोटरसाइकल र बरामद लागूऔषधसहित नियन्त्रणमा लिई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लालबन्दीमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुबै घटनालाई लागूऔषध सम्बन्धी मुद्दाका रूपमा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप