अमिताभ बच्चनको फिल्म ‘झुन्ड’ का अभिनेताको निर्मम हत्या
सारांश
- अमिताभ बच्चनको फिल्म 'झुन्ड' मा अभिनय गरेका अभिनेता प्रियांशु ठाकुरको हत्या भएको छ।
- नागपुरमा साथीसँग रक्सी पिउँदा विवाद भएपछि प्रियांशुको हत्या भएको हो।
- प्रहरीले हत्यामा संलग्न ध्रुवलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ।
नयाँ दिल्ली । अमिताभ बच्चनको फिल्म ‘झुन्ड’मा अभिनय गरेका अभिनेता प्रियांशु ठाकुर उर्फ बाबु रविसिंह क्षेत्रीको निर्मम हत्या भएको छ । नागपुरको ओमसाई नगरमा साथी ध्रुवलालबहादुर साहुको साथमा प्रियांशु रक्सी पिइरहेका थिए ।
उनीहरूबिच बहस भयो । पछि यो बहस झगडामा परिणत भयो । त्यसपछि आरोपीले प्रियांशुलाई तारले बाँधे, धारिलो हतियारले निर्मम हत्या गरेको एनबीटीले आफ्नो समाचारमा भनेको छ ।
घटनापछि स्थानीय बासिन्दाहरूले प्रियांशुलाई अर्धनग्न अवस्थामा फेला पारेर प्रहरीलाई जानकारी दिए । प्रहरीले शव पोस्टमार्टमका लागि पठाए र आरोपीलाई पक्राउ गरेका छन् ।
२१ वर्षीय प्रियांशुले २०२२ को फिल्म ‘झुन्ड’ मा अमिताभ बच्चनसँगै काम गरेका थिए । यही फिल्मले उनको पहिचान बनेको थियो । ‘झुन्ड’ को निर्देशन नागराज मञ्जुलेले गरेका थिए ।
यो फिल्म बायोपिक स्पोट्र्स ड्रामा थियो । फिल्मले स्लम सकरका संस्थापक विजय बरसेको जीवनलाई चित्रण गरेको थियो । फिल्म २०२२ को मार्च ४ मा रिलिज भएको थियो ।
आरोपी र मृतकविरुद्ध पहिले नै दर्ता भएका थिए मुद्दा
प्रहरी स्रोतका अनुसार मृतकविरुद्ध चोरी, घरफोडी र आक्रमणसहित कुल १५ वटा मुद्दा दर्ता भएका थिए । अभियुक्त ध्रुवविरुद्ध पहिले नै पाँच वटा मुद्दा दर्ता भइसकेका छन् ।
प्रहरीले सम्पूर्ण मुद्दाको अनुसन्धान गरिरहेको छ । हत्याको वास्तविक उद्देश्य पत्ता लगाउने प्रयास गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण