कर्णालीका प्रदेशसभा सदस्यले उपचार खर्च बापत लिए झन्डै साढे दुई लाख
सारांश
- कर्णाली प्रदेशका सांसदहरूले उपचारका लागि साढे दुई लाख रुपैयाँ राज्यकोषबाट लिएका छन्।
- साउन यता उपचार खर्च बापत २ लाख ३७ हजार ६४६ रुपैयाँ भुक्तानी भएको छ, जसमा थप रकम पनि जोडिएको छ।
- आन्दोलनका क्रममा प्रदेश सभाका महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन्, जसले गर्दा विवरण पत्ता लगाउन समस्या भएको छ।
सुर्खेत । कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्य (सांसद) हरूले राज्यकोषबाट औषधि उपचार बापत साढे दुई लाख रुपैयाँ खर्च गरिएको छ । प्रदेशसभा सचिवालयका अनुसार सांसदहरूले उपचार खर्च बापत ०८१ साउन महिनादेखि हालसम्म उक्त रकम लिएका हुन् ।
गत साउनसम्म दुई लाख ३७ हजार ६४६ रुपैयाँ सांसदहरूको उपचार खर्च बापत भुक्तानी भएकोमा पछिल्लो ६ महिनामा चार हजार ८२३ रुपैयाँ थपिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले रातोपाटीलाई बताए ।
जनप्रतिनिधिहरूका लागि राज्यले विभिन्न सुविधा उपलब्ध गराउने भए पनि जनताको स्वास्थ्यमा सहज पहुँच हुन नसकिरहेको अवस्थामा सांसदहरूको उपचार खर्चले भने चर्चा पाउने गरेको छ । यद्यपि, कुन सांसदले कति रकम लिएका हुन् भन्ने तथ्याङ्क भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेको सूचना अधिकारी पौडेलले बताए ।
‘आन्दोलनका क्रममा प्रदेश सभा पूर्ण रूपमा जलाइएको छ,’ उनले भने, ‘सभाका सबै कागजात जलेर नष्ट भएका छन् । ती महत्त्वपूर्ण दस्तावेज पनि त्यसैमा जले ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण