अनियमितता रोक्न श्रमको प्रक्रियालाई सरलीकरण गर्नुपर्ने छानबिन समितिको सुझाव
सारांश
- पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा गठित समितिले भिजिट भिसा प्रकरणबारे प्रतिवेदन बुझाएको छ।
- समितिले भिजिट भिसा प्रणालीमा सुधार र अध्यागमन सुधारका लागि सरकारलाई सुझाव दिएको छ।
- अख्तियारले अनुसन्धान गरिरहेको विषयमा भने समितिले छानबिन नगरेको जनाएको छ।
काठमाडौँ । भिजिट भिसा प्रकरणबारे छानबिन गर्न गठन गरिएको पूर्वमुख्यसचिव शंकरदास वैरागी नेतृत्वको समितिले प्रतिवेदन बुझाएको छ । मन्त्रिपरिषद्ले असार ९ मा समिति गठन गरेको थियो ।
विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख तीर्थराज भट्टराईमाथि अख्तियारले अनुसन्धान थालेपछि गठन गरिएको समितिले अध्यागमन सुधार र भिजिट भिसा प्रणालीमा कसरी सुधार गर्न सकिन्छ भन्नेबारे सरकारलाई सुझाव दिएको छ । समितिले असोज ९ मा बुझाएको प्रतिवेदन २०१ पेज लामो छ ।
भिजिट भिसामा विदेश जानेहरूले पेस गर्नुपर्ने कागजातबारे पनि हेरफेर गर्नुपर्ने समितिको सुझाव छ । अध्यागमन विभागले २०८० माघ १० बाट भिजिट तथा पर्यटक भिसामा विदेश जानेहरूका लागि ६ बुँदे निर्देशन लागू गरेको थियो । समितिले सो निर्देशन परिमार्जन गर्न सुझाएको छ ।
श्रम स्वीकृति दिने प्रक्रियालाई पनि कसरी सरलीकरण गर्न सकिन्छ भन्नेबारे सुझाव दिइएको समितिका संयोजक शंकरदास वैरागीले बताए । उनले भने– ‘अध्यागमन ऐनको ड्राफ्टमा पनि हामीले सुझाव दिएका छौँ ।’
भिजिट भिसामा हुने अनियमितता सुधार्न वैदेशिक रोजगार विभाग र दूतावासहरूको भूमिका के हुने भन्नेबारे पनि समितिले सुझाव दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा प्रविधि र रेकर्ड सिस्टममा सुधार गर्नुपर्ने समितिको निष्कर्ष छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराई र ३ जना बिचौलियामाथि विस्तृत अनुसन्धान गर्दैछ । भट्टराई, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल, खगेन्द्र सुवेदी र अर्की एक महिला अनुसन्धानको दायरामा छन् ।
वैरागी नेतृत्वको समितिले भिजिट भिसामा विदेश पठाएर भट्टराई सहितको समूहले ‘असुली धन्दा’ चलाएको बारेमा चाहिँ छानबिन गरेको छैन । अख्तियारले छानबिन गरिरहेको विषय आफ्नो समितिको कार्यादेशमा नभएको वैरागीले बताए । उनले भने– ‘अख्तियारले अनुसन्धान गरिरहेको विषमा हामीले केही गरेनौँ, त्यो हाम्रो कार्यादेश थिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण