काठमाडौँ महानगरमा बढ्दै दृष्टि समस्या
सारांश
- काठमाडौँ महानगरपालिकाले विद्यालयका विद्यार्थीहरूको आँखा जाँच गर्दा दृष्टिसम्बन्धी समस्या देखिएको जनाएको छ।
- परीक्षणमा कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागी थिए, जसमा करिब १०.८३ प्रतिशतमा समस्या पाइयो।
- महानगरपालिकाले आँखा स्वास्थ्यको महत्त्वबारे सचेतना जगाउने र नियमित उपचारको लागि पहल गर्ने जनाएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या भेटिएको जनाएको छ ।
कामपा स्वास्थ्य विभागले नेपाल नेत्र ज्योति सङ्घ र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा हरेक वडाबाट कम्तीमा एउटा विद्यालय पर्नेगरी विद्यालय छनोट गरेर परीक्षण गरिएको जनाइएको छ । विभागका प्रमुख दीपककुमार केसीका अनुसार परीक्षण कक्षा १ देखि कक्षा १० सम्मका छात्रछात्रालाई सहभागी गराइएको थियो । जसमा छ हजार १७५ जना छात्र र पाँच हजार ४६२ जना छात्रा थिए ।
जाँच गरिएकामध्ये करिब १० दशमलव ८३ प्रतिशत अर्थात् एक हजार २६० जना छात्रछात्रामा नजिकको देख्न नसक्ने या टाढाको देख्न नसक्ने खालका समस्या देखिएको छ । करिब दुई दशमलव ६१ प्रतिशत अर्थात् ३०४ जनामा आँखामा हुने विभिन्न खालका रोग भेटिए । जाँचपछि आधारभूत र आवश्यकता परेका ११ प्रकारका औषधिहरू वितरण गरिएको थियो ।
आँखाको नियमित उपचार गर्नुपर्ने विद्यार्थी पहिचान गर्ने, पहिचान भएका सामान्य समस्याको तत्काल उपचार गर्ने, विद्यार्थीहरूमा आँखाको स्वास्थ्य र स्वच्छताका लागि हेरचाह, स्याहारको बानी विकास गराउने, विद्यार्थी, शिक्षक र अभिभावकमा आँखाको स्वास्थ्यका विषयमा सचेतना वृद्धि गराउने कार्यक्रमको उद्देश्य रहेको पनि कामपाको भनाइ छ ।
यस जाँचबाट विद्यालय उमेरका बालबालिकाहरूको दृष्टि बचाउन विद्यालयस्तरीय आँखा जाँच कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, यसका लागि बहुक्षेत्रीय साझेदारिता बढाउनुपर्ने, तथ्याङ्क व्यवस्थापन र विश्लेषणका आधारमा कार्यक्रम तर्जुमा गर्दै लैजानुपर्ने, विद्यालयका शिक्षक र कर्मचारीहरूमा दृष्टि दोष पत्ता लगाउने र समाधानका उपायमा काम गर्ने क्षमता बढाउनुपर्ने, एकीकृत र डिजिटल सेवा विकास गर्नुपर्ने र यी सबै काम गर्न नीति तर्जुमा गर्नुपर्ने सुझाव प्राप्त भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्कअनुसार, विश्वमा कम्तीमा दुई करोडभन्दा धेरै मानिसमा दृष्टि कमजोरी वा दृष्टिविहीनता छ । अङ्ग्रेजी वर्षको हरेक अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवसका रूपमा मनाइन्छ । यस वर्ष दृष्टि, प्रविधि र भविष्य नारासहित दिवसका कार्यक्रम मनाइँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण