मापसे गरेर मध्यराति राउटे बस्तीमा छिरेका युवा प्रहरीको नियन्त्रणमा
शनिबार, २५ असोज २०८२, १२ : १६
सारांश
- लेकबेशी नगरपालिकाका राजु रजालीलाई मदिरा सेवन गरी राउटे बस्तीमा प्रवेश गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
- शुक्रबार राति १२ बजेतिर रजाली राउटे बस्तीमा प्रवेश गरेका थिए, जहाँ उनले राउटे महिलाहरूको छाप्रोमा प्रवेश गरे।
- प्रहरीले रजालीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ, जसमा मापसे र शंकास्पद गतिविधि समावेश छ।
सुर्खेत । मदिरा सेवन गरी राउटे बस्तीमाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका—५, नेटा भन्ने ठाउँका राजु रजाली रहेका छन् ।
प्रहरीका अनुसार उनी शुक्रबार राति १२ बजेतिर चौरासे नजिकैको जङ्गलस्थित राउटे बस्तीमा छिरेका थिए । मध्यराति मदिरा सेवन गरी बस्तीमा पसेका उनी राउटे महिलाहरू एक्लै बसेको छाप्रोमा प्रवेश गरेका थिए । त्यसपछि राउटे युवाहरूले उनलाई नियन्त्रणमा लिएका थिए ।
शनिवार बिहान प्रहरी पुगेर ती युवालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार मापसे गरेर शङ्कास्पद तरिकाले राउटे बस्तीमा पसेको भनेर उनलाई नियन्त्रणमा लिइएको छ । यद्यपि उनीमाथि अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण