सुनसरीका प्रहरी प्रमुखकै ह्वाट्सएप ह्याक, पैसा मागेर हैरान
शनिबार, २५ असोज २०८२, १८ : २६
सारांश
- सुनसरी जिल्ला प्रहरी कार्यालय प्रमुखको ह्वाट्सएप खाता ह्याक भएको छ।
- ह्याकरहरूले खाता प्रयोग गरी पैसा मागेको र अनावश्यक सन्देश पठाएको पाइएको छ।
- प्रहरीले ह्याक भएको खाताबाट आएका सन्देशहरूमा विश्वास नगर्न आग्रह गरेको छ र अनुसन्धान भइरहेको छ।
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखले प्रयोग गर्ने ह्वाट्सएप खाता ह्याक भएको छ। ह्याकरहरूले उक्त खाताको दुरुपयोग गरी विभिन्न व्यक्तिहरूसँग पैसा माग्ने र अनावश्यक सन्देशहरू पठाएको पाइएको छ।
सुनसरी प्रहरी कार्यालयका अनुसार २०८२ असोज २४ गते राति ८ बजेर ४५ मिनेट जाँदा कार्यालय प्रमुखले प्रयोग गर्ने ९८५२०८५५५५ नम्बरको ह्वाट्सएप खाता ह्याक भएको हो।
प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले ह्याक भएको ह्वाट्सएपबाट आएका कुनै पनि सन्देशमा विश्वास नगर्न र कसैले पैसा मागेमा नदिन विशेष अनुरोध गरेका छन्। प्रहरीले ह्याक भएको खाताको दुरुपयोगबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण