मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज कार्निभलमा उत्साहजनक सहभागिता

आइतबार, २६ असोज २०८२, १३ : ४०
आइतबार, २६ असोज २०८२

सारांश

  • एमएडब्लु वृद्धिले चाडपर्व लक्षित मेगा एक्सचेन्ज कार्निभल आयोजना गरेको छ, जसमा ग्राहकहरुको उत्साहजनक सहभागिता रह्यो।
  • मेलामा ग्राहकहरूले पुराना गाडी साटेर नयाँ इभीहरूमा अपग्रेड गर्न र विभिन्न ब्रान्डका इभीको टेस्ट ड्राइभ गर्न पाए।
  • एक्सचेन्ज मेलामा पुराना गाडीको मूल्यांकन, बोनस र नगद छुटका साथै बुकिङ गर्ने ग्राहकलाई नाइट स्टेको अफर रहेको छ।

काठमाडौँ । अटोमोबाइल समूह एमएडब्लु वृद्धिले चाडपर्व लक्षित मेगा एक्सचेन्ज कार्निभल गरिरहेको छ। काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामीर सेरेसका आधिकारिक सोरुमहरूमा यो मेला जारी रहेको छ।

आइतबारसम्म चल्ने यो एक्सचेन्ज मेलाको पहिलो दिन ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो। ग्राहकहरू दिपल, अवतार, नामीर सेरेसका ईभीहरूमा झुम्मिएका थिए। रोबोटका क्रियाकलाप र रेसिंग सिमुलेटरहरूले पनि भीडलाई आकर्षित गरेको थियो भने साना केटाकेटीहरू विभिन्न खेलमा रमाइरहेका थिए।

यस एक्सचेन्ज मेलामा ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर सबैभन्दा स्टाइलिस र प्राविधिक रूपमा उन्नत इभीहरूमा अपग्रेड गर्न सक्नेछन्। काठमाडौँमा आयोजना भएको मुख्य कार्यक्रममा ग्राहकहरूले दिपल, अवतार, नामीर सेरेस जस्ता नेपालका शीर्ष इभी ब्रान्डका चर्चित मोडलहरू एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाएका छन्।

ग्राहकहरूले एक्सचेन्ज मेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत आफ्ना पुराना गाडीहरूको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन्। यसका साथै, ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनेछन्, जसबाट निश्चित मोडलहरूमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्। यो कार्यक्रममा बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीका लागि नाइट स्टेको अफर पनि पाउनेछन्।

एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारलाई टेस्ट ड्राइभ गर्न सकिनेछ। काठमाडौँबाहेक नेपालभरका दिपल, नामीर सेरेसका सम्पूर्ण सोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना हुनेछ, जहाँ ग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य थुप्रै अफर प्राप्त गर्न सक्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप