जब एसोसिएट राष्ट्र नामिबियासँग स्तब्ध बन्यो दक्षिण अफ्रिका
सारांश
- नामिबियाले टी-२० खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गर्यो।
- दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै १३४ रन बनाएको थियो भने नामिबियाले २०औँ ओभरमा लक्ष्य पूरा गर्यो।
- अन्तिम ओभरमा जितका लागि ११ रन आवश्यक रहेको अवस्थामा, नामिबियाले रोमाञ्चक खेलमा जित हासिल गर्यो।
काठमाडाैँ। एसोसिएट राष्ट्र नामिबियाले पूर्ण सदस्य राष्ट्र दक्षिण अफ्रिकालाई एक रोमाञ्चक टी–२० खेलमा ४ विकेटले हराउँदै ऐतिहासिक जित दर्ता गरेको छ ।
वाइन्डहोकमा शनिबार यी दुई टोलीबिच पहिलो पटक टी–२० खेल खेलिएको थियो। दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्दै १३४ रन बनाएको थियो। जवाफमा नामिबियाले ६ विकेट गुमाएर २०औँ ओभरमा लक्ष्य हासिल गर्यो ।
नामिबिया क्रिकेट ग्राउन्डमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको थियो तर २५ रन बनाउँदा नै २ विकेट गुमायो। विकेटकिपर क्विन्टन डी कक १ र रीजा हेन्ड्रिक्स ७ रनमा आउट भए ।
लुहान ड्रे–प्रिटोरियस (२२ रन) र रुबिन हरमन (२३ रन) ले टोलीलाई ५० रनको आँकडा पार गराए । जेसन स्मिथले सर्वाधिक ३१ रन बनाउँदै टोलीलाई चुनौतीपूर्ण स्कोरसम्म पुर्याए। दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १३४ रन बनायो ।
नामिबियाका लागि रुबिन ट्रम्पलम्यानले २८ रन खर्चेर ३ विकेट लिए भने म्याक्स हिङ्गोले २ विकेट हात पारे ।
१३५ रनको लक्ष्य पछ्याएको नामिबियाले लगातार विकेट गुमायो। लौरेन स्टीनकैम्प १३, जैन फ्रायलिंक ७, जेजे स्मिट १३ र जैन निकोल लोफ्टी–ईटन ७ रन बनाएर आउट भए। कप्तान जेरार्ड इरासमसले २१ रन बनाएर टोलीलाई ५० रन पार गराए भने मलान क्रूगरले १८ रन जोड्दै स्कोर १०० को नजिक पुर्याए ।
१०१ रनमा ६ विकेट गुमाएपछि विकेटकिपर जैन ग्रीन र रुबिन ट्रम्पलम्यानले टोलीलाई लक्ष्यको नजिक पुर्याए । अन्तिम ओभरमा जितका लागि ११ रन आवश्यक थियो। एन्डीले सिमिलाने बलिङ गर्न आए ।
पहिलो बलमै ग्रीनले छक्का प्रहार गरे। दोस्रो बलमा १ रन र तेस्रो बलमा २ रन बन्यो । चौथो बलमा ट्रम्पलम्यानले १ रन लिँदै स्कोर बराबरी गराए। सिमिलानेले पाँचौँ बल डट गराए ।
अन्तिम बलमा १ रन चाहिएको थियो र सबै फिल्डरहरू पिच नजिक आएका थिए। सिमिलानेले लो फुल टस फाले, जसलाई ग्रीनले मिड–विकेटतर्फ चौका प्रहार गर्दै नामिबियालाई ऐतिहासिक जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण