अफगानिस्तानसँगको सीमा क्षेत्रमा तनावका बिच पाकिस्तानी प्रधानमन्त्रीले दिए यस्तो प्रतिक्रिया
सारांश
- पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अफगानिस्तानबाट सीमा क्षेत्रमा भएको कारबाहीको निन्दा गरे।
- शरीफले सेनाको कारबाहीको प्रशंसा गर्दै देशको रक्षाका लागि कुनै सम्झौता नगर्ने बताए।
- अफगानिस्तानले आतंकवादी गतिविधिबारे सूचित गरिएको र कुनै उक्साउपूर्ण कार्यको कडा जवाफ दिने बताए।
इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सीमावर्ती क्षेत्रमा अफगानिस्तानका तर्फबाट भएको कारबाहीको निन्दा गरेका छन् ।
शरीफले पाकिस्तान आफ्नो रक्षाका सम्बन्धमा कुनै प्रकारको सम्झौता नगर्ने पनि प्रस्ट पारेका छन् । उनले पाकिस्तानी सेनाका तर्फबाट भएको कारबाहीको प्रशंसा गर्दै ‘अग्रिम कारबाहीले दुस्मनलाई पछाडि हट्न बाध्य पारेको’ उल्लेख गरेका छन् ।
शरीफले सेना प्रमुख फिल्ड मार्शल सैयद आसिम मुनीरको नेतृत्वमा पाकिस्तानी सेनाको पेसेवर क्षमताको प्रशंसा गर्दै भने, ‘हाम्रो रक्षा मजबुत हातमा छ र हामी देशको हरेक कुनाको रक्षा गर्न जान्दछौँ ।’
उनले कुनै पनि उक्साउपूर्ण कार्यको कडा र प्रभावकारी जबाफ दिइने पनि प्रस्ट पारेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री शरीफले अफगानिस्तानलाई ‘आतंकवादी तत्त्वको बारेमा कैयौँ पटक सूचित गरिएको’ जानकारी दिँदै अफगानिस्तानको भूभाग पाकिस्तानविरुद्ध प्रयोग नहोस् भनेर नै यस्ता सूचना दिइएको प्रस्ट पारे ।
यसैबिच पाकिस्तानका विदेशमन्त्री इसहाक डारले पनि सीमावर्ती क्षेत्रमा भएको घटनाक्रमबारे चिन्ता प्रकट गर्दै यस प्रकारका घटनालाई ‘उक्साउपूर्ण’ संज्ञा दिए ।
उल्लेखनीय छ, अफगानिस्तान र पाकिस्तानी सीमा क्षेत्रमा शनिबार रातिदेखि तनावपूर्ण अवस्था छ । पाकिस्तानी सेनाले अफगानिस्तानको सीमा क्षेत्रभित्र सैन्य कारबाही गरेपछि आफूले पनि जबाफी कारबाही गरेको अफगानिस्तानको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण