महिला एकदिवसीय विश्वकप : भारतको लगातार दोस्रो हार, अस्ट्रेलियाको रेकर्ड रन चेज
सारांश
- महिला एकदिवसीय विश्वकपमा भारतलाई अस्ट्रेलियाले ३ विकेटले पराजित गर्यो।
- अस्ट्रेलियाले ३३० रनको लक्ष्य ४९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो, जुन सर्वाधिक सफल रन चेज बन्यो।
- एलिसा हिलीले १४२ रन बनाइ प्लेयर अफ द म्याच जितिन् भने एनाबेल सदरल्यान्डले ५ विकेट लिइन्।
विशाखापट्टनम । महिला एकदिवसीय विश्वकपमा आयोजक भारतले लगातार दोस्रो हार बेहोरेको छ । दक्षिण अफ्रिकापछि आइतबार विशाखापट्टनममा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले भारतलाई ३ विकेटले हरायो ।
भारतले दिएको ३३० रनको विशाल लक्ष्य अस्ट्रेलियाले ४९ ओभरमा ७ विकेट गुमाएर हासिल गर्यो । यो महिला एकदिवसीय क्रिकेट इतिहासमा अहिलेसम्मको सर्वाधिक सफल रन चेज हो ।
अस्ट्रेलियाको जितमा कप्तान एलिसा हिलीले १४२ रनको म्याच-विनिङ पारी खेलिन्, जसका लागि उनले प्लेयर अफ द म्याचको उपाधि पाइन् । अन्त्यमा एलिस पेरीले ४७ रन बनाएर टिमलाई जिताइन् । अस्ट्रेलियाकी एनाबेल सदरल्यान्डले ४० रन दिएर ५ विकेट लिइन् ।
भारतका लागि स्मृति मन्धानाले ८० र प्रतिका रावलले ७५ रन बनाए । भारतको बलिङमा श्री चरणीले ३ तथा दीप्ति शर्मा र अमनजोत कौरले २-२ विकेट लिए ।
खेलमा अस्ट्रेलियाले श्रीलङ्काले सन् २०२४ मा दक्षिण अफ्रिकाविरुद्ध बनाएको ३०५ रन चेजको कीर्तिमान तोड्दै भारतविरुद्धको सबैभन्दा ठुलो रन चेजको कीर्तिमान पनि बनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण