केही दिन आराम गर्न राष्ट्रपतिलाई डाक्टरको सल्लाह
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेललाई डाक्टरहरूले केही दिन आराम गर्न सल्लाह दिएका छन्।
- स्वास्थ्यमा समस्या आएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए, र डिस्चार्ज भएपछि पनि आराम गर्नुपर्ने भएको छ।
- जेनजीका प्रतिनिधिहरूसँगको छलफल कार्यक्रम स्वास्थ्यका कारण स्थगित गरिएको छ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई अझै केही दिन आराम गर्न डाक्टरहरूले सल्लाह दिएका छन् । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल शनिबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि भर्ना भएका थिए ।
स्वास्थ्य परीक्षण र उपचारपछि आइतबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर, अस्पतालबाट डिस्चार्ज भए पनि डाक्टरहरूले केही दिन आराम गर्न सल्लाह दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
डाक्टरहरूको सल्लाहसँगै आज तय गरिएको जेनजीका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम नहुने भएको छ । अन्तरिम सरकारमा मन्त्रीमण्डल विस्तार र आफ्ना मागहरू पूरा हुन नसकेको विषयमा राष्ट्रपति पौडेलसँग छलफल हुने कार्यक्रम रहेको थियो।
गत शनिबार राष्ट्रपति पौडेलसँग वार्ता गर्ने कार्यक्रम तय भए पनि उनी बिरामी परेका कारण वार्ता हुन सकेको थिएन। त्यसैले, उक्त वार्ता आजका लागि सारिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण