ट्रम्पले भाषण गर्दा संसद् बैठकबाट किन निकालिए इजरायली दुई सांसद ?
काठमाडौँ । इजरायली संसद् बैठकमा सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गरिरहँदा दुई सांसदलाई बैठक कक्षबाट बाहिर निकालिएको छ ।
ती सांसदले अमेरिकी राष्ट्रपति ट्रम्पको विरोध गरेका थिए । संसद् बैठकमा ट्रम्पले भाषण गरिरहँदा उनीहरूले हङ्गामा मच्चाएका थिए । परिणामस्वरूप ट्रम्पले आफ्नो भाषण केही समय रोक्नु परेको थियो ।
यसरी विरोध प्रदर्शन गर्ने इजरायली सांसदमा ओफर कासिफ र अयमान ओदेह रहेको जनाइएको छ ।अयमानले ट्रम्पका सामु नाराबाजी गर्दै ‘प्यालेस्टाइनलाई मान्यता देऊ’ भनेर लेखिएको कागजसमेत प्रदर्शन गरेका थिए ।
त्यसपछि उनी ओफर कासिफ बसेको ठाउँमा पुगेका थिए । पछि दुवैलाई संसद् बैठकबाट बाहिर निकालिएको थियो ।
त्यसपछि सभामुखले ट्रम्पसँग माफी मागेको बताइएको छ । जवाफमा ट्रम्पले ‘यो निकै सफलतापूर्वक र छिटो गरिएको’ भन्दै ठट्टा गरेको भन्दै आफ्नो भाषण सुरु गरेको समाचार एजेन्सीहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण