नेतृत्व लिन नयाँ पुस्ता तयार छ : नैनसिंह महर
सारांश
- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टी एकता सुदृढ गरी नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताए।
- उनले फागुन २१ मा निर्वाचन र पार्टीको १५औँ महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए।
- महरले नेतृत्वमा पुस्तान्तरणका लागि 'कुलिङ अफ पिरियड' को अवधारणा ल्याउनुपर्ने प्रस्ताव गरे।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको आन्तरिक एकता सुदृढ गरेर देशलाई सफल नेतृत्व दिन नयाँ पुस्ता तयार रहेको बताएका छन्। गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै महरले सकारात्मक परिवर्तनको नेतृत्व लिन युवा पुस्ता सक्षम भइसकेको बताएका हुन्।
देशको वर्तमान अवस्था उकास्न फागुन २१ मा तोकिएको निर्वाचन हुनुपर्ने र पार्टीको १५औँ महाधिवेशन समयमै सम्पन्न हुनुपर्नेमा उनले जोड दिए। पार्टीभित्र विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने उनको धारणा छ।
नेतृत्वमा पुस्तान्तरणका लागि महरले ‘कुलिङ अफ पिरियड’ (विश्राम अवधि) को अवधारणा ल्याउनुपर्ने प्रस्ताव गरे। ‘तीन पटक सांसद, दुई पटक मन्त्री र निरन्तर तीन पटकसम्म एउटै पदमा केन्द्रीय समितिमा रहेका, पूर्व र वर्तमान पदाधिकारी, सार्वजनिक जीवनमा प्रश्न उठेकाहरू तथा ७० वर्ष उमेर पुगेका नेताहरूका लागि 'कुलिङ पिरियड' लागू गर्नेबारे केन्द्रीय समितिमा गम्भीर छलफल हुनुपर्छ,’ उनले भने।
यो व्यवस्थाले नेतृत्वमा नयाँ ऊर्जा प्रवाह हुने र पार्टी गतिशील बन्ने उनको विश्वास छ। देश र पार्टीको निकासका लागि संविधान र कांग्रेसको विधानलाई केन्द्रमा राखेर निर्णय लिनुपर्ने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण