इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा: अध्ययन
सारांश
- इटालीमा सन् २०२४ मा करिब १० जनामध्ये एक जना पूर्ण गरिबीको अवस्थामा रहेको अध्ययनले देखाएको छ।
- इटालीमा ५७ लाख मानिसहरू पूर्ण गरिबीमा बाँचिरहेका छन्, जसले कुल जनसङ्ख्याको ९.८ प्रतिशत प्रतिनिधित्व गर्छ।
- विदेशी नागरिकहरू गरिबीबाट अझ बढी प्रभावित छन्, पूर्ण रूपमा विदेशीहरूबाट बनेका घरपरिवारमध्ये ३५ प्रतिशत गरिबीको रेखामुनि छन्।
इटाली । इटालीमा सन् २०२४ मा करिब १० जनामध्ये एक जना पूर्ण गरिबीको अवस्थामा रहेको एक अध्ययनले देखाएको छ ।
मङ्गलबार सार्वजनिक गरिएको इटालीको राष्ट्रिय तथ्याङ्क संस्था (इस्तात) को प्रतिवेदन अनुसार, देशभर ५७ लाख मानिसहरू (झन्डै २२ लाख घरपरिवार) पूर्ण गरिबीमा बाँचिरहेका छन्, जसले कुल जनसङ्ख्याको ९.८ प्रतिशत प्रतिनिधित्व गर्छ ।
‘पूर्ण गरिबीमा’ भन्नाले मानिसहरूले दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत वस्तु तथा सेवा खरिद गर्न नसक्ने अवस्थालाई जनाइएको छ ।
उदाहरणका लागि, रोम सहरमा एक युवा जोडी र एक सन्तान भएको परिवारको लागि सन् २०२३ मा पूर्ण गरिबीको सीमा एक हजार ५६८ युरो प्रति महिना (झन्डै एक हजार ८०० अमेरिकी डलर) तोकिएको थियो ।
अघिल्ला दुई वर्षमा यो अनुपात स्थिर भए पनि पछिल्ला १० वर्षमा भने गरिबी उल्लेख्य रूपमा बढेको अध्ययनले जनाएको छ ।
युरोपस्तरीय मापदण्ड अनुसार, सन् २०२४ मा करिब एक करोड ३६ लाख इटालियनहरू (जनसङ्ख्याको २३ प्रतिशत) गरिबी वा सामाजिक बहिष्करणको जोखिममा परेका थिए ।
यो दर युरोपेली सङ्घको औसत २१ प्रतिशतभन्दा उच्च हो । इटाली केही पश्चिम युरोपेली मुलुकहरूभन्दा कमजोर अवस्थामा देखिए पनि, ग्रिसजस्ता राष्ट्रहरूको तुलनामा राम्रो अवस्थामा छ, जहाँ गरिबीको जोखिम २७ प्रतिशत पुगेको छ ।
यो अध्ययन अनुसार, विदेशी नागरिकहरू (प्रवासीहरू) गरिबीबाट अझ बढी प्रभावित छन् । पूर्ण रूपमा विदेशीहरूबाट बनेका घरपरिवारमध्ये ३५ प्रतिशत गरिबीको रेखामुनि रहेका छन्, जबकि केवल इटालियन नागरिकहरू भएका घरपरिवारमा यो सङ्ख्या ६ प्रतिशत मात्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण