बदलिएको गाउँ, बाँझो खेत र सिरु
सारांश
- लेखक गाउँ जाँदा घरहरू सुनसान र खेतहरू बाँझो देखेर चिन्तित भए।
- उनले कृषि क्रान्तिका कुरा गर्नेहरूले चामल आयात गरेको र युवाहरू विदेश पलायन भएको देखे।
- गाउँलेहरूको उदासीनता र मिहिनेतको कमीले लेखकलाई निराश बनायो, तर उनले फेरि केही गर्ने अठोट लिए।
बिदाको समयमा गाउँ गएको थिएँ । गाउँ हरियाली थियो, विकासको खाका कोरिएको थियो। तर बिडम्बना— सबै घर सुनसान र सबै जमिन बाँझो थिए।
एकछिन सोचेँ— यहाँको माटो, हावापानी, उत्पादन क्षमता सबै राम्रो छ। अनि मन उदास बनाउँदै फर्किँदा बाँझो जमिनमा पलाएको सिरु देखेँ। मनमा प्रश्न उठ्यो— किन हामीले पहाड छोड्यौँ? अझ गम्भीर प्रश्न त— सम्भावना यति हुँदा पनि किन खाडीमा बेल्चा हान्न विदेश गएका छौँ?
कृषि क्रान्तिका कुरा गर्नेहरू चामल आयात गरेर बारिको खेत बाँझो राख्छन्। म ९४ वर्षका बुबासँग बसेर भलाकुसारी सुरु गरेँ। उहाँ भन्नुहुन्थ्यो, “पहिले यो खेतमा सय मुरि धान फल्थ्यो नि, नानी! अब त बाँझो छ। किन देश छोड्छौ? यहीँ केही गरे हुन्थ्यो।”
उहाँको कुरा सुन्दा मन पिरोलियो। खेत फर्किएर फेरि त्यही सिरु पलाएको देखेँ। उहाँ मुस्कुराउँदै भन्नुभयो, “विदेश प्यारो छ है।”
केही नबोली म बारीतिर लागेँ। पारि हिमाल हेरेँ र माटो खन्न थालेँ। थप माटो पल्टाउँदै गर्दा लाग्यो— देश साँच्चिकै रित्तिँदै गएको हो कि? अनि मैले तोरी र केराउ छरेँ। त्यसबेलै विदेशमा रहेको साथीले कल गर्यो, “के दुःख गर्छस् यार, आइज विदेश, डिग्री पनि पढिस्!” भन्यो।
म गम्भीर भएँ, तल हेरेँ— फेरि त्यही सिरु देखेँ। गाउँ सुनसान मात्र होइन, मानिस पनि पुरै फेरिएका रहेछन्। सबै सुखी भए, तर किनेर खान थालेछन्।
मैले जोतेको बारी देखेर पारिबाट एक जना आमा हाँस्दै भन्नुभयो, “बाबु, के दुःख गर्नुहुन्छ, के हुन्छ र? बाँझो छोडे पनि त किनेर खान पाइन्छ नि!” फेरि लज्जित भएँ— मिहिनेतको न सम्मान, न हौसला।
त्यो बेलामा आफैंलाई प्रश्न गरेँ— मानिस किन यति परिवर्तन भए?
दिन ढल्दै गयो। गाउँका भद्रभलाद्मीहरूसँग भेट गर्न गएँ र भनेँ, “गाउँमा केही गरौँ है।” उहाँ भन्नुहुन्थ्यो, “केहि हुन्छ र भाइ? जताततै सिरु उम्रिएको छ।”
फेरि मन उदास बनाउँदै हेरेँ— फेरि त्यही सिरु। धेरै दिन सोचेँ— सहरभन्दा गाउँमा सुख खोज्दै किन परिश्रमलाई हेला गरियो? परिवर्तन राम्रो हो, तर यति चरम भए पनि ठीक हो त?
बारिमा गएँ, हराभरा वातावरण र माटोको उर्बरता हेरेँ। मनले भन्यो— केही त गर्नुपर्छ। तर फेरि सम्झेँ— म एक्लै छु, सबै सिरुले ढाकेका छन्। अनि फेरि सोचेँ— के असम्भव छ र केही गर्न?
मलाई लाग्यो— सम्भावना अझै बाँकी छ। भद्र व्यक्तिसामु गएँ र सुझाव राखेँ— “समथर बाँझो जमिनमा अम्बा, खुर्सानी, सित्तलचिनी, केरा जस्ता फलफूल लगाउन सकिन्छ।”
उहाँले विदेशमा रहेका छोरोलाई जानकारी दिँदै भन्नुभयो, “यो त राम्रो विचार रहेछ।” तर छोरोको उत्तर आयो, “के अपुग छ र, बुबा?”
फेरि निराश हुँदै बाँझो खेत र सिरु हेरेर फर्किएँ। गाउँका जमिन सम्भावनाका क्षेत्र हुन् — जहाँ केरा, नासपाती, अम्बा लगायतका फलफूल र अकबरे खुर्सानी जस्ता बालीहरूबाट मनग्य उत्पादन हुन सक्छ। त्यसैले अब जमिन बाँझो राख्ने होइन, उत्पादनको सुन्दर बगैँचा बनाऔँ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण