मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पाकिस्तानी हवाई आक्रमणमा तीन अफगान क्रिकेट खेलाडीको मृत्यु

अफगानिस्तानले त्रिकोणात्मक सिरिजबाट नाम फिर्ता लियो
शनिबार, ०१ कात्तिक २०८२, १० : ३०
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • पाकिस्तानको हवाई आक्रमणमा तीन अफगान क्रिकेट खेलाडीको मृत्यु भएको छ।
  • खेलाडीहरू मैत्रीपूर्ण खेल खेलेर फर्किने क्रममा आक्रमणमा परेका थिए।
  • अफगानिस्तानले पाकिस्तान र श्रीलंकासँगको त्रिकोणात्मक सिरिजबाट नाम फिर्ता लियो।

अफगानिस्तान । पाकिस्तानको हवाई आक्रमणमा कम्तीमा तीन अफगान क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्डका अनुसार ती खेलाडीहरू उरगुनबाट पत्तिका प्रान्तको राजधानी शरानातर्फ मैत्रीपूर्ण खेल खेल्न गएका थिए।

मृतक खेलाडीमा कबिर, सिबघतुल्लाह र हारुन रहेको बताइएको छ। बोर्डका अनुसार उक्त आक्रमणमा थप पाँच जनाको पनि ज्यान गएको छ।

बोर्डले विज्ञप्तिमा जनाएको छ — 'उनीहरू खेलपछि आफ्नै गाउँ उरगुन फर्किएपछि पाकिस्तान शासनद्वारा गरिएको एक कायराना हवाई आक्रमणमा लक्ष्य बनाइए।' बोर्डले घटनाबारे थप विवरण सार्वजनिक गरेको छैन।

यो  घटनापछि अफगानिस्तानले पाकिस्तान र श्रीलङ्कासँग हुने आगामी त्रिकोणात्मक सिरिजबाट नाम फिर्ता लिएको छ। बोर्डले यस कदमलाई 'मृतकको सम्मानका लागि गरिएको निर्णय' भनेर उल्लेख गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप