गुल्मीमा पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालन
सारांश
- गुल्मीमा १५ शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन्, जसले स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्नेछन्।
- चन्द्रकोट र गुल्मीदरबार गाउँपालिकामा सञ्चालित अस्पतालहरूमा एमबिबिएस डाक्टर, ल्याब, बर्थिङ सेन्टर लगायतका सेवाहरू उपलब्ध छन्।
- अस्पतालहरूमा इमर्जेन्सी सेवा, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी, ल्याब, अक्सिजन, र निःशुल्क प्रसूति सेवाहरू सञ्चालनमा छन्।
तम्घास । देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् ।
तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका अस्पताल शिलान्यास गरेको थियो । जसमा जिल्लाको चन्द्रकोट र गुल्मीदरबार गाउँपालिकाका दुई अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन् ।
पछिल्लो पटक चन्द्रकोट गाउँपालिका–६ मा बिहीबारदेखि आधारभूत अस्पताल सञ्चालनमा आएको हो । पालिका अध्यक्ष युवराज केसीका अनुसार गाउँपालिकाको विज्ञापनमार्फत एक र लुम्बिनी प्रदेशको छात्रवृत्ति करार एक गरी दुइजना एमबिबिएस् डाक्टरको व्यवस्था गरिएको छ । तुल्सीभक्त अर्जुन व्युल्डर्स जेभीले रु १३ करोड ६६ लाखमा भवन निर्माण गरी पालिकालाई हस्तान्तरण गरेको थियो ।
अस्पतालमा अब ल्याब, बर्थिङ सेन्टर, भिडियो एक्सरेलगायत ओपिडी सेवाहरू सञ्चालन हुनेछन् । गुल्मीदरबार गाउँपालिका–३ मा गत वैशाख २४ गतेबाट आधारभूत अस्पताल सञ्चालनमा आएको थियो । बिकोई अर्जुन न्यू लिजा गुल्मीले दुई वर्षअघि रु १२ करोड ९४ लाखमा भवन निर्माणको काम सकेको थियो ।
दुईजना एमबिबिएस डाक्टर लुम्बिनी प्रदेशको छात्रवृत्ति करारबाट आएको र अन्य जनशक्ति पालिकाले व्यवस्थापन गरेर अस्पताल सञ्चालन गरेको छ । अहिले अस्पतालमा १२ जना जनशक्ति रहेको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिए । गुल्मी दरबारको आधारभूत अस्पतालमा प्रसूति गराउने दुईजना जनशक्ति काजमा ल्याइएको छ । दुवै अस्पतालमा चौबीसै घण्टा इमर्जेन्सी सेवा, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी, ल्याब, अक्सिजन, निःशुल्क प्रसूति सेवा, गर्भपतनलगायतका सेवा सञ्चालनमा छन् ।
गुल्मी दरबारका स्वास्थ्य संयोजक समेत रहेका अर्यालका अनुसार अहिले आधारभूत अस्पतालमा दैनिक ३० देखि ३५ जनाले सेवा लिइरहेका छन् । चन्द्रकोटमा बाग्लुङको बरेङसम्म र गुल्मी दरबारमा रेसुङ्गा नगरपालिकाको दुविचौरसम्मका नागरिकले सेवा लिएका छन् । ‘आधारभूत अस्पतालमा स्वास्थ्य बिमा लागू गर्न सकियो भने राम्रोसँग सञ्चालन गर्न सकिन्छ ।’ गुल्मी दरबारका स्वास्थ्य संयोजक अर्यालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण