मतदाता सूचीमा नाम दर्ता गरेर मतदान अधिकार सुनिश्चित गर्न प्रधानमन्त्रीको आग्रह
आइतबार, ०२ कात्तिक २०८२, १२ : ५६
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले मतदाता सूचीमा नाम दर्ता गर्न आग्रह गरिन्।
- सरकारले २०८२ फागुन २१ गते संसदीय चुनाव गर्ने लक्ष्य लिएको छ।
- उनले सामाजिक सञ्जालमार्फत नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आग्रह गरिन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता सूचीमा नाम दर्ता गरेर मतदान अधिकार सुनिश्चित गर्न आम नागरिकलाई आग्रह गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– 'सरकारले फागुन २१, २०८२ मा संसदीय चुनाव गर्ने लक्ष्यका साथ तयारी अगाडि बढाइरहेको छ। यस सन्दर्भमा, म सबै नागरिकहरूलाई मतदाता सूचीमा पहिले नाम दर्ता गरेर आफ्नो मतदान अधिकार सुनिश्चित गर्न आग्रह गर्दछु।'
सरकारले आउँदो २०८२ साल फाल्गुन २१ गते (March 5, 2026) संसदीय निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ तयारी अघि बढाइरहेको छ। यस सन्दर्भमा, म सबै नागरिकसँग आग्रह गर्न चाहन्छु कि आफ्नो मताधिकार सुनिश्चित गर्न पहिले मतदाता नामावलीमा दर्ता हुनहोस्। ... (1/3) pic.twitter.com/BCYGhy6bT7
— Prime Minister Sushila Karki (@pmsushilakarki) October 19, 2025
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण