अस्ट्रेलियाद्वारा भारत सहजै पराजित, चलेनन् विराट, रोहित र गिल
सारांश
- अस्ट्रेलियाले भारतलाई ७ विकेटले पराजित गर्दै पहिलो एकदिवसीय सिरिजमा जित हासिल गर्यो।
- पर्थमा भएको खेलमा, डीएलएस विधि अनुसार भारतले १३१ रनको लक्ष्य दिएको थियो, जुन अस्ट्रेलियाले २१.१ ओभरमा पूरा गर्यो।
- भारतका विराट कोहली र रोहित शर्माको प्रदर्शन फिक्का रह्यो, भने अस्ट्रेलियाका मिचेल मार्शले अविजित ४६ रन बनाए।
काठमाडौँ । तीन वटा शृंखलाको पहिलो एकदिवसीय सिरिजमा भारतविरुद्ध अस्ट्रेलियाले ७ विकेटको जित निकालेको छ ।
पर्थको ओप्टस स्टेडियममा वर्षाले प्रभावित बनेको खेल डीएलएस मेथडमा खेलाइएको थियो । जहाँ खेल २६ ओभरमा झारिएको थियो । भारतले दिएको दिएको १३१ रनको लक्ष्य अस्ट्रेलियाले २१ दशमलव १ ओभरमा (२९ बल बाँकी छँदै) मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
अस्ट्रेलियाले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो । तर भारतले खराब सुरुवात गर्यो । १० ओभरको पावरप्लेमा भारतले मात्र २७ रन बनाएर तीन विकेट गुमाएको थियो । आज भारतका पूर्वकप्तानद्वय विराट कोहली र रोहित शर्मा दुवै फिक्का देखिए । रोहित मात्र ८ रन बनाएर आउट हुँदा कोहलीले रनको खाता नै खोल्न सकेनन् ।
त्यस्तै कप्तान शुभमन गिल पनि १० रनमा आउट भए । टोलीको स्कोर ४५ रनमा हुँदा श्रेयस अय्यर ११ रनमा आउट भए । अक्षर पटेलले ३१ र केएल राहुलले ३८ रन बनाउनु शिवाय अन्य ब्याटर चल्न सकेनन् । भारतले १३६ रनको आँकडा पुर्याए पनि डीएलएस विधिले यसलाई १३१ रनमा घटाइदियो ।
संशोधित लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले सजिलै लक्ष्य हासिल गर्यो । ओपनिङ ब्याटर कप्तान मिचेल मार्शले अविजित ४६ रन बनाए । अस्ट्रेलियाका जस हेजलवुड, मिचेल ओवेन र म्याथ्यु कुह्नेमानले समान २ विकेट लिए ।
सिरिजको दोस्रो खेल २३ अक्टोबरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण