पुटिनलाई शान्तिका लागि दबाब दिन जेलेन्स्किीको राष्ट्रपति ट्रम्पसँग आग्रह
सारांश
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि ट्रम्पलाई पुटिनलाई दबाब दिन आग्रह गरे।
- जेलेन्स्कीले अमेरिकाबाट लामो दूरीको मिसाइल आपूर्ति गर्न नसकेको र ट्रम्पसँगको भेटवार्तामा पनि सफलता हासिल भएन।
- जेलेन्स्कीले बुडापेस्टमा ट्रम्प र पुटिनबीच हुने वार्तामा आफूलाई पनि समावेश गर्नुपर्ने बताए।
वासिङ्टन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो छिमेकी राष्ट्र रुस र यसका नेता भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न थप दबाब दिन आग्रह गरेका छन्।
पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा जेलेन्स्कीले भने, “हमास र पुटिनमा केही समानता छन् तर हमासभन्दा उनी निकै बढी बलियो छन्। यो अझ ठूलो युद्ध हो र उनी विश्वको ‘दोस्रो शक्तिशाली’ सेना (नेता) हुन्।”
उनले थपे, “यसैले बढी दबाब आवश्यक पर्छ।”
जेलेन्स्की वाशिङ्गटनको यात्राबाट फर्किएपछि अन्तर्वार्ता प्रसारित भएको थियो । जेलेन्स्किीले अमेरिकाबाट लामो दूरीको टोमाहक मिसाइल आपूर्ति गर्न असफल भएका छन्।
पुटिनसँग ट्रम्पको बढ्दो निराशाको फाइदा उठाउने आशामा जेलेन्स्कीले हप्तौंसम्म टोमाहक्स उपलब्ध गराउन अमेरिकासँग आग्र गरेपछि ह्वाइट हाउसमा ट्रम्पसँग भेटेका थिए तर अलास्कामा भएको शिखर सम्मेलनले यस बिषयमा सफलता हासिल गर्न सकेको थिएन ।
यसैबिच, आफ्नो अन्तर्वार्तामा युक्रेनी नेताले बुडापेस्टमा ट्रम्प र पुटिनबिच हुने भनिएको वार्तामा आफूलाई पनि समावेश गर्नुपर्ने जेलेन्स्किीले बताएका छन्।
जेलेन्स्कीले भने, “यदि हामी वास्तवमै न्यायपूर्ण र दिगो शान्ति चाहन्छौँ भने हामीलाई यो त्रासदीका दुवै पक्ष चाहिन्छ । पुटिन बिस्तारवादी हुन् । युक्रेन पीडित छ र लडिरहेको छ। तर, निस्सन्देह: हामी बिना कसरी केही सम्झौताहरू हुन सक्छन् ?”
जेलेन्स्कीको आइतबार प्रसारित एक अन्तर्वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले उनस् युक्रेनमा हतियार पठाउन तयार हुनुहुन्न भन्ने फेरि सङ्केत गरे ।
“हामीले एउटा कुरा सम्झनु पर्छ। हामीलाई पनि उनीहरूको आवश्यकता छ। तपाईँलाई थाहा छ, हामी हाम्रा सबै हतियारहरू युक्रेनलाई दिन सक्दैनौँ,” ट्रम्पले फक्सको सन्डे मर्निङ फ्युचर्समा मारिया बार्टिरोमोसँग भने ।
मस्कोले हालैका हप्ताहरूमा युक्रेनी नागरिक पूर्वाधारमा आक्रमण बढाएको छ र हजारौंलाई अध्यारोमा बस्न बाध्य पारेको छ । बढ्दो चिसो ऋतुसँगै भएको यो आक्रमणले युक्रेनी बालबालिका र बुढाबुढीलाई चिसाले स्वास्थ्यमा पर्न सक्ने चिन्ता बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण