अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
सारांश
- अमेरिकाले लागुऔषध तस्करी नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै कोलम्बियाका राष्ट्रपतिमाथि प्रतिबन्ध लगाएको छ।
- प्रतिबन्ध राष्ट्रपति पेट्रोकी पत्नी र छोरासहित कोलम्बियाका आन्तरिक मामिला मन्त्रीमाथि पनि लगाइएको छ।
- राष्ट्रपति पेट्रोले भने यी आरोपको खण्डन गर्दै आफू लागुऔषध तस्करीविरुद्ध लडिरहेको दाबी गरेका छन्।
वासिङ्टन । अमेरिकाले लागुऔषध तस्करी नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्तावो पेट्रोमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले एक विज्ञप्ति जारी गर्दै भने, ‘राष्ट्रपति पेट्रोले लागुऔषध कार्टेलहरूलाई फस्टाउन दिए र यो गतिविधि रोक्न अस्वीकार गरे।’
प्रतिबन्धहरू कोलम्बियाका आन्तरिक मामिला मन्त्री आर्मान्डो बेनेडेट्टीका साथै राष्ट्रपति पेट्रोकी पत्नी र जेठा छोरामाथि पनि लगाइएको छ। यस अन्तर्गत उनीहरूले अमेरिकामार्फत सम्पत्ति वा पहुँच राख्न पाउने छैनन्।
कोलम्बिया कुनै समय वासिङ्टनको लागूऔषधविरुद्धको युद्धमा एक नजिकको सहयोगी थियो र यसले वार्षिक रूपमा करोडौँ डलर सैन्य सहायता पाउँथ्यो। तर, ट्रम्प सत्तामा फर्किएपछि पेट्रो र उनको प्रशासनसँग अमेरिकाको बारम्बार टकराब भइरहेको छ।
बेसेन्टले भने, ‘पूर्व छापामार नेता पेट्रो सत्तामा आएदेखि कोलम्बियामा कोकिन उत्पादन ‘दशकौंको उच्च दरमा बढेको छ, जसले संयुक्त राज्य अमेरिकालाई डुबाउँदै र अमेरिकीहरूलाई विष खुवाइरहेको छ।’ उनले ट्रम्प प्रशासनले ‘कडा कदम’ चालिरहेको र अमेरिकामा लागुऔषध तस्करी ‘सहन नगर्ने’ बताए।
ट्रेजरी विभागले कोलम्बियालाई विश्वको सबैभन्दा ठुलो कोकिन निर्यातकर्ता बताएको छ, जसले अमेरिकाका लागि गम्भीर लागुऔषध खतरा उत्पन्न गरेको छ।
शुक्रबार जारी गरिएको एक छुट्टै विज्ञप्तिमा, विदेश विभागले कोलम्बियाको लागुऔषध नियन्त्रण प्रयासलाई प्रमाणित नगर्ने पनि बताएको छ।
यता राष्ट्रपति पेट्रोले भने यी आरोपहरूको खण्डन गरे। एक्समा एक पोस्ट गर्दै उनले आफू दशकौँदेखि लागुऔषध तस्करीविरुद्ध लडिरहेको र अमेरिकालाई कोकिनको उपभोग कम गर्न सहयोग गरेको दाबी गरे। उनले लेखे, ‘यो पूर्ण विरोधाभास हो — तर एक कदम पनि पछि हट्ने छैन, र कहिल्यै घुँडा टेक्ने छैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण