जेनजी आन्दोलनको बहानामा चलखेल भयो : आईजीपी खापुङ
सारांश
- आईजीपी चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनको बहानामा अपराध गर्नेहरूलाई दण्डित गरिने बताए।
- उनले आन्दोलनको नाममा समाजमा गडबडी गर्ने अपराधिक गतिविधि गर्नेहरूलाई कारबाही गर्ने बताए।
- आईजीपी खापुङले प्रहरीको मनोबल घटेको कुरामा सत्यता नभएको र जनताको सहयोगमा चौकी पुनःस्थापना भएको जानकारी दिए।
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनको बहानामा अपराधिक गतिविधि गर्नेहरू दण्डित हुने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनको परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरूको चलखेल भएको देखिएको र त्यस्ता कार्य गर्नेलाई कारबाही हुने स्पष्ट पारेका हुन्।
आईजीपी खापुङले भने, ‘जेनजी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरूको पनि चलखेल भएको देखिएको छ। त्यो वास्तवमा गलत हो र त्यो अपराधिक कार्य नै हो। त्यस्ता अपराधिक कार्यहरू दण्डित हुनुपर्छ। उनीहरू क्रमशः दण्डित हुन्छन् भन्ने कुरा यहाँहरू सबै समक्ष आश्वस्त पनि बनाउन चाहन्छु।’
उनले समाजलाई शान्ति सुरक्षा दिने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नहट्ने दाबी गरे। आईजीपी खापुङले जेनजी आन्दोलनपछि प्रहरीको मनोबल खस्केको भन्ने भनाइमा कुनै सत्यता नरहेको पनि बताए।
उनले प्रहरीहरू स्थानीय जनताको सहयोगमा नै सबै चौकीहरूमा पुनःस्थापना हुन सकेको जानकारी दिए। उनले प्रहरीले कुनै पनि अपराधिक गतिविधिलाई रोक्नुपर्ने भएकाले समाजलाई धमिल्याउने त्यस्ता तत्वलाई निशाना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण