बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

पानीपोखरीमा हरेक शनिबार लाग्छ ‘ले शेर्पा मार्केट’, ताजा र स्थानीय उत्पादनको आकर्षण

शनिबार, ०८ कात्तिक २०८२, १६ : २८
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • पानीपोखरीस्थित रमायला कम्प्लेक्समा हरेक शनिबार स्थानीय उत्पादनको बजार लाग्छ।
  • यो बजार 'ले शेर्पा' द्वारा आयोजना गरिन्छ, जसले किसान र उपभोक्तालाई जोड्छ।
  • बजारमा ताजा फलफूल, तरकारी, चीज, माछा, र मासु जस्ता स्थानीय उत्पादनहरू पाइन्छन्।

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित रमायला कम्प्लेक्समा हरेक शनिवार बिहानैदेखि ताजा र स्थानीय उत्पादनको विशेष बजार लाग्ने गरेको छ। 'ले शेर्पा' ले आयोजना गर्ने यो 'शनिबार मार्केट' स्थानीय किसान, उत्पादक र उपभोक्ताबीचको दूरी घटाउने उद्देश्यका साथ सञ्चालनमा आएको हो।

le sherpa market (1)

'इट फ्रेश, इट स्लो, इट लोकल' (ताजा खाऊ, बिस्तारै खाऊ, स्थानीय खाऊ) भन्ने नारा बोकेको यो बजारमा नेपालका विभिन्न स्थानबाट ल्याइएका ताजा फलफूल, हरियो तरकारी, अर्गानिक मह, घरमै बनाइएका अचार र जामहरू पाइन्छन्। यसबाहेक, युरोपेली शैलीका स्थानीय चीज, आर्टिसनल ब्रेड, पेस्ट्री, ताजा माछा र मासुजस्ता उत्पादनहरू पनि बिक्रीका लागि राखिन्छन्।

le sherpa market (2)

यस बजारमा किसान र आर्टिसनहरूले आफ्ना उत्पादनहरू सिधै ग्राहकलाई बेच्ने भएकाले यो बजार भेटघाट, संवाद र स्वादको साझा स्थान बनेको छ।

le sherpa market (3)

बजारको दिन रेस्टुरेन्ट ले शेर्पाले विशेष 'ब्रन्च मेनु' र 'ह्याप्पी आवर'को व्यवस्था गर्ने गरेको छ। जसले प्रोसेक्को, वाइन, बियर र ककटेलका साथमा ग्राहकहरूलाई आरामदायी र रमाइलो वातावरणमा समय बिताउन प्रेरित गर्छ।

le sherpa market (4)

बजारमा विदेशी पर्यटकदेखि स्थानीय बासिन्दासम्मको भीड देखिन्छ। यस मार्केटले काठमाडौंमा 'स्लो फुड' र स्थानीय उत्पादनप्रतिको रुचि बढाएको छ। यहाँ आउने ग्राहकहरूका अनुसार यो बजार किनमेल गर्ने ठाउँ मात्र नभई स्थानीय स्वाद र मानिसहरू भेट्ने अवसर पनि बनेको छ।

le sherpa market (5)le sherpa market (6)le sherpa market (7)le sherpa market (8)le sherpa market (9)le sherpa market (10)le sherpa market (11)le sherpa market (12)le sherpa market (13)le sherpa market (14)le sherpa market (15)le sherpa market (16)le sherpa market (17)le sherpa market (18)le sherpa market (19)le sherpa market (20)

शब्द र तस्बिर : ममुन के.सी./ नेपाल फोटो लाइब्रेरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप