हेटौँडामा आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था
शनिबार, ०८ कात्तिक २०८२, २० : २५
सारांश
- हेटौँडामा छठ पर्वको समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा व्यवस्था मिलाइएको छ।
- प्रहरीले छठ घाटहरूमा सुरक्षाका लागि थप जनशक्ति परिचालन गर्ने भएको छ, जसमा विशेष टोली, मोबाइल गस्ती र क्विक रेस्पोन्स टिम (क्यूआरटी) समावेश छन्।
- व्रतालुहरूको सुरक्षालाई ध्यानमा राख्दै चोरी, डकैती र लुटपाट जस्ता घटना रोक्न प्रहरीले तयारी गरेको छ।
हेटौँडा । छठ पर्वका बेला हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न हेटौँडा नगरक्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार छठ घाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने छ । व्रतालुहरू पूजा गर्न नदी तटमा
जाँदा चोरी, डकैती, लुटपाट हुनसक्ने भएकाले विशेष टोली, मोबाइल गस्तीदेखि र ‘स्ट्राइकिङ’ सहितका प्रहरी परिचालन गरिने उनले बताए ।
तत्काल प्रतिक्रियाका लागि ‘क्यूआरटी’ अर्थात् ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिने र कुनै पनि घटना भएलत्तै उक्त टोली घटनास्थलमा पुग्ने गरी सम्पूर्ण तयारी गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण