शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्न माग

शनिबार, ०८ कात्तिक २०८२, २१ : १०
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • एमालेका युवा नेताहरूले भदौ २३ र २४ गतेको प्रदर्शनमा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गर्न माग गरेका छन्।
  • एमालेका नेताहरूले प्रदर्शनमा संलग्न व्यक्तिहरू र लुटेका हातहतियारको विवरण सार्वजनिक गर्न आग्रह गरेका छन्।
  • विज्ञप्तिमा अशान्ति फैलाउने, तोडफोड गर्ने र आगजनी गर्ने गिरोहका नाइके र सदस्यलाई कारबाही गर्न माग गरिएको छ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा  नेताहरूले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । 

एमाले केन्द्रीय सदस्य तथा निवर्तमान मन्त्री भगवती न्यौपाने, पोलिटब्यूरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्यहरू पार्वती रावल, अइन्द्रसुन्दर नेम्वाङ, गोविन्द थापा र एमाले शिक्षा विभाग सदस्य डा सुन्दरी पोखरेलले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरी उक्त प्रदर्शनमा संलग्नमध्ये हालसम्म पक्राउ परेका र हालसम्म मुद्दा दायर गरिएकाको विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् । 

नेताहरूले लुटेका हातहतियार र गोलीगठ्ठा कति सङ्ख्यामा बरामद गरिन्छ, हरेक दिन विवरण सार्वजनिक गर्नुस् भन्दै त्यस्ता लुटेराहरूको विवरण र सरकारी तथा निजी घरमा आगजनी गर्ने, लुटपाट गर्ने व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनमा अशान्ति फैलाउने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड तथा आगजनी गर्ने विभिन्न गिरोहहका नाइके र सदस्यलाई पक्राउ गरेर कारबाही गरिएको तथा उनीहरूविरुद्ध मुद्दा चलाइएको विवरण दिनहुँ सार्वजनिक गर्नुहोस् ।’  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप