अर्थमन्त्रीलाई स्थानीय सरकारको ११ बुँदे ध्यानाकर्षण
काठमाडौँ । स्थानीय सरकारहरूको सङ्घको रूपमा रहेको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले संयुक्त रूपमा अर्थमन्त्री रामेश्वर खनाललाई आइतबार ध्यानाकर्षण गराएका छन् ।
ध्यानाकर्षण पत्रमा जेनजी आन्दोलनका नाममा जनप्रतिनिधिमाथि भइरहेका दबाब, आगजनी, तोडफोड, चोरीजस्ता गतिविधिहरूको रोकथाम गरी शान्ति–सुरक्षा कायम गर्न तथा दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।
स्थानीय सरकारहरूलाई मितव्ययी कदम चाल्न, अस्थायी/करार कर्मचारी र सल्लाहकार कटौती गर्न, अनावश्यक भ्रमण घटाउन र नीति–कार्यक्रम पुनःप्राथमिकीकरण गर्न सङ्घ/महासङ्घले गरेको अनुरोधलाई पुनः स्मरण गराएको छ ।
सङ्घीय संसद्ले स्वीकृत गरेका समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानका कार्यक्रमहरू कटौती नगर्न र ३ करोडभन्दा कमका आयोजनाहरूको कटौतीसम्बन्धी निर्णयबारे स्पष्ट जानकारी उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।
तीन तहका सरकारबिचको समन्वय र स्वायत्तताको सम्मानका लागि अन्तरसरकारी वित्त परिषद्को बैठक शीघ्र आव्हान गर्न अनुरोध गरेको छ ।
पालिकाहरूले निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अघिल्लो निर्णयको स्वागत गर्दै, खटाइएका कर्मचारी कार्यस्थलमा नपुगेकाले निर्णय कार्यान्वयनमा कडाइ गर्न र अनुभवी/वरिष्ठ जनशक्ति खटाउन ध्यानाकर्षण गराएको छ ।
अर्थ मन्त्री रामेश्वर खनालले ११ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खनालले स्थानीय सरकारले उठाएका सवालहरूप्रति नेपाल सरकार गम्भीर रहेको र कार्यान्वयनमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण