जेनजी आन्दोलनमा प्रहरीसँग लुटेको पेस्तोल हनुमन्ते खोला किनारमा फेला
आइतबार, ०९ कात्तिक २०८२, १६ : २९
सारांश
- ललितपुरको हनुमन्ते खोला किनारमा जेनजी प्रदर्शनका क्रममा लुटिएको पेस्तोल फेला परेको छ।
- प्रहरीले फेला पारेको पेस्तोल चाइनिज टाइप-५४ हो, जसमा ३ राउन्ड गोली लोड थिए।
- एसएसपी होविन्द्र बोगटीका अनुसार पेस्तोल कुन युनिटको हो भन्ने अनुसन्धान भइरहेको छ।
ललितपुर । जेनजी प्रदर्शनमा प्रहरीबाट आन्दोलनकारीले लुटेको पेस्तोल ललितपुरस्थित हनुमन्ते खोलाको किनारमा भेटिएको छ । आइतबार महालक्ष्मी नगरपालिका–५ स्थित हनुमन्ते खोलाको किनारमा पेस्तोल भेटिएको ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
फेला परेको हतियार टाइप–५४ चाइनिज पेस्तोल हो । सो पेस्तोल जेनजी प्रदर्शनमा प्रहरी कार्यालयबाट लुटिएको अनुसन्धानबाट थाहा भएको छ । कुन युनिटको पेस्तोल हो भन्नेबारे यकिन गर्ने काम भइरहेको एसएसपी बोगटीले जानकारी दिए । पेस्तोलमा ३ राउन्ड गोली लोड गरेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण