बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरगन्जको ऐतिहासिक घडिअर्वा पोखरीबाट उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन (तस्बिरहरू)

मङ्गलबार, ११ कात्तिक २०८२, ०८ : ३४
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • वीरगन्जको घडिअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न भयो।
  • छठ पर्व कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइन्छ, जसमा व्रतालुले व्रत लिन्छन्।
  • सूर्यदेवको उपासना गरिने छठ पर्वमा ठेकुवा, भुसुवा, फलफूल र अन्य सामग्रीले सूर्यलाई अर्घ्य दिइन्छ।

पर्सा । वीरगन्जको ऐतिहासिक घडिअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न भएको छ । बिहानैदेखि व्रतालुहरू पोखरीमा उभिएर सूर्यलाई अर्घ्य दिन तयार भएर बसेका थिए ।

हरेक वर्ष कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । 

chhat samapan (2)

मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टि तिथिको दिन अर्थात आइतबार सन्ध्याकालीन र आज सोमबार प्रभातकालीन सूर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्व विधिवत् रूपमा समापन भएको छ ।

chhat samapan (3)

छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठेकुवा, भुसुवा, मिष्ठान्न परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफूल, कोसिया कुरवार लगायतका पूजा सामग्रीहरूले सूर्यलाई अर्घ्य दिने प्रचलन रहेको छ ।

chhat samapan (4)

सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ ।

chhat samapan (5)chhat samapan (6)chhat samapan (7)chhat samapan (8)chhat samapan (9)chhat samapan (10)chhat samapan (11)chhat samapan (12)chhat samapan (13)chhat samapan (14)chhat samapan (15)chhat samapan (16)chhat samapan (17)chhat samapan (18)chhat samapan (19)chhat samapan (20)chhat samapan (21)chhat samapan (22)chhat samapan (23)chhat samapan (24)chhat samapan (25)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप