मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रहरी वृत्त सातदोबाटोबाट भागेका एकजना थुनुवा पक्राउ

मङ्गलबार, ११ कात्तिक २०८२, १२ : २२
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • प्रहरी हिरासतबाट भागेका एक थुनुवालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा लागुऔषध मुद्दाका अभियुक्त सिराहाका नवराज गिरी छन्।
  • गिरी जेनजी प्रदर्शनको क्रममा प्रहरी हिरासतबाट भागेका थिए, र उनलाई लागुऔषध मुद्दामा अनुसन्धान सुरु भएको छ।

काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हिरासतबाट भागेका एकजना थुनुवालाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको धनगढीमाई नगरपालिका–१० घर भएर लुभु बस्ने २७ वर्षीय नवराज गिरी छन् ।

लागुऔषध मुद्दामा हिरासतमा रहेका गिरी जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा प्रहरी वृत्त सातदोबाटोबाट भागेका थिए । 

आइतबार पक्राउ गरेर उनीमाथि लागुऔषधको चालु मुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप