जेनजी प्रदर्शन : प्रहरी युनिट र क्याम्पस आगजनी गर्ने पूर्वसैनिक पक्राउ
सारांश
- बानेश्वरमा आगजनी र लुटपाटमा संलग्न आरोपमा एक पूर्वसैनिक पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा कञ्चनपुरका भुवन शाही रहेका छन्, जसलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो।
- अनुसन्धानका क्रममा शाहीले ग्लोबल कलेज र प्रहरी वृत्त गौशालामा आगजनी र तोडफोड गरेको पुष्टि भएको छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा आगजनी र लुटपाटमा संलग्न आरोपमा एक जना पूर्वसैनिक पक्राउ परेका छन् । भदौ २४ मा बानेश्वरस्थित ग्लोबल कलेज र प्र्रहरी वृत्त गौशालामा आगजनी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–१ घर भएर धापासी बस्दै आएका भुवन शाही छन् ।
२७ वर्षीय शाहीलाई सोमबार नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । भदौ २४ मा शाही प्रहरी वृत्त गौशालामा तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपी काठमाडौँ महानगरपालिका–३१ स्थित ग्लोबल कलेजमा तोडफोड र लुटपाटमा पनि संलग्न रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
२०७४ मा नेपाली सेनामा भर्ना भएका उनी बर्खास्तीमा परेका थिए । नक्कली चालक अनुमति पत्र पेस गरेर सेवा प्रवेश गरेको भेटिएपछि जङ्गी अड्डाले उनलाई २०७५ मा बर्खास्त गरेको थियो । आन्दोलनमा उनले लुटेको प्रहरीको राइट कन्ट्रोल गियरको हातमा लगाउने भाग र ग्लोबल कलेजको ट्रफी २ थान प्रहरीले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण