चिनियाँ कम्पनीले बनायो डायनोसर रोबोट
सारांश
- चीनको सेञ्झेनमा एउटा रोबोटिक्स कम्पनीले एआईबाट चल्ने सिनोसोरोप्टेरिक्स डाइनोसर रोबोट बनाएको छ।
- यो रोबोट १३ करोड वर्ष पुरानो डायनोसरको स्वरूपमा छ र हिँड्न, सास फेर्न, र अन्तरक्रिया गर्न सक्छ।
- कम्पनीले यसलाई थिम पार्क र विज्ञान सङ्ग्रहालयहरूमा प्रदर्शन गर्ने योजना बनाएको छ।
सेञ्झेन । चीनको सेञ्झेनमा रहेको एउटा रोबोटिक्स कम्पनीले डायनोसर रोबोट बनाएको छ । डोबोट नाम गरेको कम्पनीले बनाएको एआईबाट चल्ने सिनोसोरोप्टेरिक्स डाइनोसर जीवित डायनोसर जस्तै हिँड्छ र प्रतिक्रिया दिन्छ ।
सानो, शरीरभरि रौँ भएको यो डाइनोसर १३ करोड वर्ष अघि अस्तित्वमा थियो । ह्युमनोइड स्वरूपमा रोबोटिक्सको व्यावसायिक प्रयोगलाई विस्तार गर्ने क्रममा कम्पनीले यो रोबोट डाइनोसर बनाएको हो ।
यो डाइनोसरमा कृत्रिम बुद्धिमत्ता र गति नियन्त्रण प्रविधिको प्रयोग गरिएको कम्पनीले सोमबार जारी गरेको एउटा विज्ञप्तिमा भनेको थियो । यसले हिँड्न सक्ने, सास फेरेको जस्ता गर्ने, मिहिन स्वर निकाल्ने र आसपास वा आगन्तुकसँग अन्तरक्रिया पनि गर्न सक्ने बताइएको छ ।
कम्पनीले यसलाई थिम पार्क र विज्ञान सङ्ग्रहालयहरूमा प्रदर्शन गर्न सकिने बताएको छ । डोबोटले यसअघि एटम नामक ह्युमनोइड रोबोट र हेक्सप्लोरर नामक ६ खुट्टा भएको रोबोट बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण