संविधानभन्दा बाहिर गएर राष्ट्रपतिलाई अन्तरिम सरकार गठन गर्ने अधिकार छैन : वरिष्ठ अधिवक्ता भण्डारी
बुधबार, १२ कात्तिक २०८२, १७ : ३६
सारांश
- वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राष्ट्रपतिलाई अन्तरिम सरकार गठन गर्ने अधिकार नभएको जिकिर गरे।
- अधिवक्ता पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई निर्वाचन गराउने अधिकार नभएको बताए।
- बहसमा जेनजीको माग संविधान संशोधन नभई पुरा हुन नसक्ने भण्डारीले दाबी गरे।
काठमाडौँ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानभन्दा बाहिर गएर राष्ट्रपतिलाई अन्तरिम सरकार गठन गर्ने अधिकार नभएको जिकिर गरेका छन् । बुधबार प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध परेको रिटमाथिकाे बहसमा उनले साे कुरा बताएका हुन् ।
अधिवक्ता भण्डारीले जेनजीको माग संविधान संशोधन नभई पुरा हुन नसक्ने दाबी गरे । साथै उनले प्रधानन्यायाधीश र न्यायाधीश भएको व्यक्ति प्रधानमन्त्री र मन्त्री हुन नसक्ने बताए ।
बहसमा अधिवक्ता एकराज पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई निर्वाचन गराउने अधिकार नभएको जिकिर गरे ।
‘सरकार गठन असंवैधानिक छ। असंवैधानिक रूपमा बनेको सरकारले कुनै पनि काम गर्न पाउँदैन’, उनले भने- ‘सरकारलाई रिटहरूको अन्तिम सुनुवाइसम्म कुनै पनि काम कारबाही गर्न रोक लगाउनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण