डोटीमा एक शिक्षिका मृत फेला, शिक्षा अधिकृत पक्राउ
सारांश
- डोटीमा एक शिक्षिका झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
- प्रहरीले घटनासँग सम्बन्धित शिक्षा अधिकृतलाई पक्राउ गरेको छ, आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धान भइरहेको छ।
- घटनास्थलबाट अधिकृतको नाममा लेखिएको सुसाइड नोट फेला परेको छ, प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
धनगढी । डोटीमा एक शिक्षिका मृत फेला परेकी छन् । सो घटनापछि शिक्षा अधिकृत पक्राउ परेका छन्।
प्रहरीका अनुसार पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया शिक्षिका जानकी खड्का घर नजिकै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
शिक्षिका खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा कार्यरत थिइन्। उनले यसअघि धनगढीको डिस्कभरी स्कुलमा अध्यापन गर्दै शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति प्राप्त गरेकी थिइन्।
घटनापछि प्रहरीले घटनासँग सम्बन्धित भन्दै शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेश रावललाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका रावलमाथि आत्महत्या दुरुत्साहनको अभियोगमा अनुसन्धान अघि बढाइएको छ।
घटनास्थलबाट रावलका नाममा लेखिएको सुसाइड नोट फेला परेपछि प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ। मृतक खड्काको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।
प्रहरीका अनुसार मृतक खड्का अविवाहित थिइन्। पक्राउ परेका रावल विवाहित जीवनपछि सम्बन्ध विच्छेद गरेर बसेका थिए। घटनाको प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण