शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

हुम्लामा लागूऔषध नियन्त्रणका लागि सुरक्षा समितिको बैठक

बिहीबार, १३ कात्तिक २०८२, १७ : १९
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • हुम्लामा लागूऔषध नियन्त्रणका लागि सुरक्षा समितिको बैठकले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्यो।
  • प्रहरीले विद्यालय, क्याम्पस र वडामा जनचेतनामूलक कार्यक्रम गर्दै लागूऔषध नियन्त्रणमा जोड दिनेछ।
  • बैठकमा नेपाल-चीन व्यापार र बसाइँसराइ सम्बन्धी विषयमा पनि छलफल भयो।

हुम्ला । लागूऔषधको बिक्रीवितरण, सेवन तथा ओसारपसार नियन्त्रणका लागि सुरक्षा समितिसहित सरोकार भएका निकायका प्रतिनिधिबिच बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लामा आज प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सुरक्षा समितिसहित सरोकार भएका निकायका प्रतिनिधिबिचको बैठकले लागूऔषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

साथै जिल्ला प्रहरी कार्यालयले सबै स्थानीय तहसँग समन्वय गरी विद्यालय, क्याम्पस, वडा र टोलमा लागूऔषध नियन्त्रण सम्बन्धमा जनचेतानामूलक कार्यक्रमलाई तीव्रता दिने, जिल्लाभित्र लागूऔषधकोे प्रयोग नियन्त्रण गर्न सुरक्षा निकायबीच समन्वय र सहकार्य गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जिल्लामा रहेका रेडियो तथा अन्य सञ्चारमाध्यमबाट लागूऔषधको प्रयोगले हुने हानी तथा नियन्त्रणका सम्बन्धमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको प्रजिअ रेग्मीले उल्लेख गरे ।

उनका अनुसार बैठकमा नेपाल–चीन व्यापारका लागि सीमा अनुमतिपत्रका विषयमा पनि छलफल भएको छ । साथै चीनको ताक्लाकोट र सीमा क्षेत्रमा व्यापार, व्यवसाय गर्न चाहनेले अन्य क्षेत्रबाट हुम्लामा बसाइँसराइ गरेको कागज पेस गर्नुपर्ने उक्त बैठकले निर्णय गरेको उनले बताए ।

‘अन्य जिल्लाबाट जारी गरिएको नागरिकता स्पष्ट बुझिने हुनुपर्ने, नागरिकता अन्य निकायमा पेस गर्न मिल्ने हुँदासम्म प्रतिलिपि जारी नगर्ने, नागरिकता प्रतिलिपि जारी गर्दा एकल बसाइँसराइ गरी आउने परिवारको सदस्यबाट सनाखत गराउनुपर्नेलगायत निर्णय बैठकले गरेको छ’, प्रजिअ रेग्मीले भने ।

बैठकमा विभिन्न पार्टीका प्रतिनिधि, नागरिक समाज, पत्रकार, स्थानीय सरकारका प्रतिनिधि र चीनको ताक्लाकोटका प्रतिनिधिको सहभागिता थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप