श्रम मन्त्रालयले भन्यो– मलेसिया रोजगारीबारे उपयुक्त निर्णय लिन्छौँ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राेजगारीका लागि मलेसियामा नेपाली श्रमिक पठाउने विषयमा केही म्यानपावर व्यवसायीलाई फाइदा पुग्ने गरी सिन्डिकेट गर्न लागिएको भन्ने समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र नियमित बनाउन सरकार प्रतिबद्ध रहेको जनाएको छ । यस्तै मन्त्रालयले मलेसिया रोजगारीबारे उपयुक्त निर्णय लिने समेत बताएकाे छ ।
मन्त्रालयका अनुसार मलेसियामा नेपाली श्रमिक पठाउने विषयमा सन् २०१८ नोभेम्बर २९ मा नेपाल र मलेसिया सरकारबिच भएको श्रम समझदारी अहिले नवीकरणको चरणमा रहेको छ ।
मन्त्रालयले यस सम्बन्धमा गत कात्तिक १३ गते मलेसियाको परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्र अनुसार नेपाल सरकारले सम्बन्धित सबै निकायसँग छलफल गर्दै अघि बढिरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण