८१ जना केन्द्रीय सदस्य मनोनीत गरेर बहुमत देखाउन माधवलाई अर्यालको चुनौती
सारांश
- नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकताको तयारी गर्दा असन्तुष्ट पक्षले विरोध जनाएका छन्।
- पार्टीको केन्द्रीय कमिटी बैठकले माओवादी लगायतका पार्टीसँग एकता गर्ने प्रस्ताव पारित गर्दैछ।
- नेताहरू दामोदर अर्याल र रामकुमारी झाँक्रीले अध्यक्ष नेपालको कार्यशैलीको विरोध गरेका छन्।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकताको अन्तिम तयारी गरिरहेका बेला असन्तुष्ट पक्षका नेताहरू सामाजिक सञ्जालमार्फत धमाधम विरोध गर्न थालेका छन् ।
सो पार्टीको आज सकिने केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी लगायत विचार मिल्ने पार्टीसँग एकता गर्ने प्रस्ताव पारित गर्दैछ ।
त्यसअघि नेताहरू दामोदर अर्याल, रामकुमारी झाँक्री लगायतले सामाजिक सञ्जालमा अध्यक्ष नेपालको चर्को विरोध गरेका हुन् । प्रचार विभाग उपप्रमुख समेत रहेका अर्यालले शुक्रबार बिहान अध्यक्षले विधान विपरीत ८१ जना केन्द्रीय सदस्य मनोनीत गरेर बहुमत देखाउन खोजेको बताएका छन् ।
‘मनोनीत गर्दै जानुहोस् ! बहुमत सिद्ध गर्दै जानुहोस् !’, अर्यालले लेखेका छन्, ‘तर याद गर्नोस्,कमरेड ! तपाईंको 'कमिटी बहुमतले' समाजको बहुमत सिद्ध गर्दैन । समाजमा हामी निरन्तर अल्पमतमा पर्दै गइरहेका छौँ ।’
यस्तै अर्को एक फेसबुक पोस्टमा उनले माओवादीसँग एकता गर्नु भनेको वाम एकता नभई अभियुक्त एकता हुने समेत जिकिर गरेका छन् ।
उनले भनेका छन्, ‘माओवादी अध्यक्ष प्रचण्ड सम्पत्ति शुद्धीकरण छानबिनमा पर्नुभएको छ । उपाध्यक्ष पासाङ सुन तस्करी छानबिनमा हुनुहुन्छ । अर्का उपाध्यक्ष महरा सुन तस्करी आरोपमा जेलमा हुनुहुन्छ । प्रवक्ता अग्निजी (अग्नि प्रसाद सापकोटा) ज्यान मुद्दामा तारेख खेपिरहनु भएको छ । त्यसकारण यतिखेर माओवादीसँग एकता गर्नु भनेको वाम एकता होइन, अभियुक्त एकता हुन्छ ।’

उनले अभियुक्त एकताको विरोध गर्दै वास्तविक वाम एकताको पहल गर्नुपर्ने धारणा समेत राखेका छन् ।
त्यस्तै नेतृ रामकुमारी झाँक्रीले व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्ने बताएकी छिन् ।‘व्यक्तिको आवश्यकता र व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ। इतिहासको वास्तविकता यस्तै छ’, झाँक्रीले भनेकी छन्, ‘मान्छे नै थपेर बहुमत पुराउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्ने चाहिँ होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण