जेनजी आन्दोलनका क्रममा लुटिएको प्रहरीको पेस्तोल बिक्री भएको खुलासा, ५ जना पक्राउ
सारांश
- जेनजी प्रदर्शनमा लुटिएको पेस्तोल बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा धादिङ, स्वयम्भू, भारत र काठमाडौंका व्यक्तिहरू छन्, जसले पेस्तोल खरिद बिक्रीमा भूमिका खेलेका थिए।
- प्रहरीले लुटिएको पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद गरेको छ, र घटनाको अनुसन्धान जारी छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा लुटिएको प्रहरीको पेस्तोल बेचबिखन भएको खुलासा भएको छ । यो प्रकरणमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरुङ, स्वयम्भूस्थित भगवानपाउ बस्ने २५ वर्षीय राजन देउला, भारत घर भएका २४ वर्षीय अकवर खान, काठमाडौँ–१५ बिजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्य र क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गर्ने ३८ वर्षीय प्रभात मल्ल छन् ।
बानेश्वर घर भएर क्षेत्रपाटीमा कपडा पसल सञ्चालन गर्ने मल्लले हतियार खरिद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
अन्य आरोपीहरूले भदौ २४ मा भएको जेनजी प्रदर्शनमा प्रहरीको पेस्तोल लुटेर बिक्री गरेका हुन् । प्रहरीले लुटिएको १ थान पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद गरेको छ ।
काठमाडौँ–१५ स्थित ट्राफिक विट नजिक चरा पसलमा काम गर्ने कृष्ण गुरुङले पेस्तोल लुटेको र अन्य ३ जनाले बेच्न सहयोग गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीहरू विरुद्ध प्रहरी वृत्त स्वयम्भूले हातहतियार तथा खरखजाना मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण