अमेरिकासँग नेपाल पराजित
सारांश
- आईसीसी विश्वकप लिग-२ मा नेपाल अमेरिकाविरुद्धको खेलमा ४ विकेटले पराजित भयो।
- अमेरिकाका लागि साई तेजा मुकामल्ला र मिलिन्द कुमारले अर्धशतकीय पारी खेले।
- नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने दीपेन्द्रले ७५ रनको अर्धशतकीय पारी खेले।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ ।
शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो । आईसीसी एकेडेमी मैदानमा नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभर ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
अमेरिकाका लागि साई तेजा मुकामल्ला र मिलिन्द कुमारले अर्धशतकीय पारी खेले । १०१ बल खेलेका तेजाले २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै ६६ बल खेलेका मिलिन्दले ७ चौका र १ छक्का प्रहार गरे । अमेरिकाका सायन जागिरले ३६ रन बनाउँदा स्मित पटेलले १६ रनको योगदान गरे ।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५३ रन खर्चे । त्यस्तै नन्दन यादव, करण केसी र गुलशन झाले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रले ६७ बलमा २ चोका र ३ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै करण केसीले ४९ रनको योगदान गरे, उनले ३१ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
नेपालका कुशल भुर्तेलले ४७ रनको योगदान गर्दा भीम सार्कीले ३६ रन बनाए ।
अमेरिका लागि हर्मित सिंहले सर्वाधिक तीन विकेट लिए । त्यस्तै शौरव नेत्रवल्कर र नेथ्सुज केन्जिले दुई दुई विकेट लिए । त्यस्तै जसदीप सिंह र शुभम रान्जेले एक एक विकेट लिए । आजको खेलमा जित निकालेसँगै अमेरिकाले २३ खेलबाट ३४ अंक जोडेको छ । अमेरिका लिग–२ को अंक तालिकाको शीर्ष स्थानमा छ ।
पराजित नेपालको १९ खेलबाट १२ अंक छ । नेपाल तालिकाको सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण